सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रहरू बीमा कम्पनीहरूबाट ५० प्रतिशत अग्रिम भुक्तानी लिएर पूर्न निमार्ण गर्ने काम प्रारम्भ गरिरहेको जानकारी गराएका छन् । मंगलबार बसेको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा बोल्दै उनले निजी क्षेत्रले आफ्नो सम्पतीको पुनर्निमार्ण सुरु गरिसकेको जानकारी गराएका हुन् । उनले भने, ‘हामीले विजनेस रिकभरी प्लानमा भनेका थियांै, बीमा कम्पनीहरूले पूर्ण मूल्यांकन हुनुभन्दा अगाडी नै अनुमान गरिएको रकमको ५० प्रतिशत अग्रिम दिनुपर्छ । ताकी व्यवसायीहरूले त्यो अग्रिम भुक्तानी लिएर पुनर्निमार्ण गर्ने काम प्रारम्भ गरौं भनेर त्यो गरेको त्ये अहिले कार्यान्वयनमा छ । अहिले ठाउँ ठाउँमा निजी क्षेत्रले आफ्नो सम्पतीको पूर्न निमार्ण सुरु गरिसकेका छन् ।’ उनले बीमा कम्पनीहरूबाट २ अरबको क्यास एड्भान्स भुक्तानी गरिसकेको र त्यसबाट कतिपय व्यवसायीहरूले व्यवसायिक काम नै प्रारम्भ गरेको बताए । ‘बीमा कम्पनीहरूबाट करिब २७ अर्बको निजी क्षेत्रको क्षति भएको अनुमान बीमा कम्पनीहरूमा प्रस्तुत भएको छ । जसमध्येमा साढे ३ अर्ब जतिको सर्भिवरले मूल्यांकन गरिसकेको छ । साढे ३ अर्बमा पनि २ अरबको क्यास एड्भान्स भुक्तानी गरिसकेको छन्,’ उनले भने, ‘कतिपयको त काम व्यवसायिक काम नै प्रारम्भ गरेका छन् । चन्द्रागिरीले पनि दुई दिन अगाडी घोषणा नै गरेको थियो । भाटभटेनीको दुई तीन वटा स्टोरहरू अव दुई महिनामा खोल्ने भन्नुभएको छ ।’ यस्तै उनले व्यसायीहरूको लागि राष्ट्र बैंकले थप कर्जा लिनु परेमा थप कर्जा उपलब्ध गराउन सकिने व्यवस्था गरेको समेत बताए । आज बसेको बैठकमा जेनजी आन्दोलनको क्रममा सिर्जना भएको असामान्य परिस्थितिमा नेपाल सरकारले अवलम्बन गरेको सार्वजनिक खर्च व्यवस्थापन, खर्च कटौतीका आधार एवं मापदण्ड, राजस्व चुहावट नियन्त्रण, वित्तीय संघीयताको कार्यान्वयन र व्यावसायिक वातावरण बनाउन भएका पहलहरू सम्बन्धमा छलफल भएको थियो ।