नाफासँगै बढ्यो ग्लोबल आइएमई बैंकको प्रतिशेयर आम्दानी 

शुक्रबार, कात्तिक २१, २०८२

काठमाडौं । ग्लोबल आइएमई बैंकले चालु आर्थिक वर्ष २०८२/०८३ को पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । विवरण अनुसार यस अवधिमा बैंकको खुद नाफा २२.९२ प्रतिशतले बढेको छ । गत वर्ष यही अवधिमा १ अर्ब ५१ करोड २१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको बैंकले चालु आवको पहिलो त्रैमासमा १ अर्ब ८५ करोड ८६ लाख रुपैयाँ कमाउन सफल भएको हो। यस अवधिमा बैंकको खुद ब्याज आम्दानी ०.३४ प्रतिशत बढेर ४ अर्ब १३ करोड ३० लाख रुपैयाँ गरेको छ । गत वर्ष बैंकले ४ अर्ब ११ करोड ८९ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।  यस अवधिमा बैंकको खुद फि तथा कमिशन आम्दानी २.६२ प्रतिशत बढेर ९० करोड ७६ लाख रुपैयाँ, कुल सञ्चालन आम्दानी ५.३६ प्रतिशत बढेर ५ अर्ब ५१ करोड ६२ लाख रुपैयाँ, सञ्चालन नाफा १०.४४ प्रतिशत बढेर २ अर्ब ३७ करोड १६ लाख रुपैयाँ रहेको छ। बैंकको चुक्ता पुँजी ३८ अर्ब ११ करोड ५८ लाख रुपैयाँ र जगेडा कोषमा २५ अर्ब ४५ करोड २३ लाख रुपैयाँ छ । असोज मसान्तसम्ममा बैंकको निक्षेप संकलन ५.७४ प्रतिशत र कर्जा लगानी २।७२ प्रतिशतले बढेको छ । बैंककले ५ खर्ब ८२ अर्ब २५ करोड ४६ लाख रुपैयाँ निक्षेप संकलन र कर्जा प्रवाह ४ खर्ब २१ अर्ब २५ करोड २० लाख रुपैयाँ गरेको छ । यस अवधिमा बैंकको वितरणयोग्य नाफा ४ अर्ब ८४ करोड ९५ लाख रुपैयाँ रहेको छ । उक्त वितरणयोग्य नाफाका आधारमा बैंकको लाभांश क्षमता २२।९५ प्रतिशत रहेको छ । बैंकको प्रतिसेयर आम्दानी २.७७ रुपैयाँ बढेर १९.५१ रुपैयाँ पुगेको छ भने प्रतिसेयर नेटवर्थ १७९.५० रुपैयाँ रहेको छ । बैंकको खराब कर्जा ४.९८ प्रतिशत पुगेको छ। 
 

प्रकाशित मिति: शुक्रबार, कात्तिक २१, २०८२  ११:४७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार