भागेश्वरका उखु किसान आन्दोलित, माग पूरा नभए तीन जिल्लामा प्रदर्शन गर्ने

बिहीबार, भदौ १२, २०८२
Global Ime Bank

काठमाडौं । भागेश्वर उखु किसान हकहित संरक्षण समितिले सरकारले समयमै माग सम्बोधन नगरेको भन्दै काठमाडौंको माइतीघर मण्डलामा प्रदर्शन गरेको छ । भागेश्वर चिनी मिलमा आबद्ध किसानहरुको अगुवाइमा प्रदर्शन गरिएको हो ।  बिहीबार भागेश्वर चिनी मिलले ‘हाम्रो माग पूरा गर,’ ‘उखु अनुदान भुक्तानी गर,’ ‘किसानले न्याय कहिले पाउने ?’, ‘एकतर्फी मूल्य स्वीकार छैन’ र ‘उखु कृषक शोषण बन्द गर’ जस्ता नारासहित प्रदर्शन गरेको हो । 
उक्त प्रदर्शनमा बोल्दै कञ्चनपुर उखु उत्पादक किसान हकहित संरक्षण समितिका अध्यक्ष हरिजन ठकुरीले सरकारले माग सम्बोधन नगरे आफ्नो शक्ति प्रदर्शन तराईका तीनवटा जिल्लामा गर्ने बताए ।  उनले भने, ‘सरकारले वार्तामा बोलाएको छ । वार्तामा बोलाएको भोलिसम्म हाम्रो आन्दोलन टुंगिने आशामा छौं । एक हप्ते सांकेतिक धर्ना प्रदर्शन गरेका हौं तर माग सम्बोधन नभए आफ्नो शक्ति प्रदर्शन तराईकै तीनवटा जिल्ला सर्लाही, नवलपारासी र कञ्चनपुरमा गएर देखाउने हो । सरकारले अहिलेको ७० रुपैयाँ माग पूरा गर्नुपर्छ ।’ किसानको मुख्य माग भनेको प्रतिकिलो उखुमा ७० रुपैयाँ अनुदान सुनिश्चित गर्नु हो । उनीहरुले सरकारी स्तरबाट लामो समयदेखि अनुदानको भुक्तानी रोकिनु किसानमाथिको अन्याय भएको भन्दै विरोध जनाउँदै आएका छन् । सरकार र किसानबीच वार्ता प्रक्रिया अघि बढ्दै गए पनि माग पूरा नहुन्जेल आन्दोलन स्थगित नहुने किसानहरुको अडान छ ।

प्रकाशित मिति: बिहीबार, भदौ १२, २०८२  १८:०९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार