बाघको आक्रमणबाट बारामा एक जनाको मृत्यु

बुधबार, भदौ ११, २०८२
Global Ime Bank

रौतहट । बाराको आधाभार जंगलमा बाघको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । बाघको आक्रमणमा परी जितपुरसिमरा उपमहानगरपालिका–२२ दुई नं. पुल निवासी ५५ वर्षीय कृष्णप्रसाद शर्मा रहेको प्रहरीले जानकारी दिएको छ । घाँस काट्न गएका शर्मा घर नफर्किएपछि आफन्तले खोजतलास गर्दा आधाभार जंगलमा स्कुटी र घाँस भेटिएको थियो ।  उनीहरूले प्रहरीलाई खबर गरेपछि नेपाली सेनासहितको टोली घटना स्थलमा पुगेको हो । त्यसपछि प्रहरीले खोजतलास गर्ने क्रममा त्यही क्षेत्रमा चप्पल र केही रगतको दाग भेटिएको थियो । शवको टाउको नभएको र बाघले आक्रमण गरेको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ । शवलाई पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल कलैयामा पठाइएको जिल्ला प्रहरी कार्यलय बाराले जानकारी दिएको छ ।

प्रकाशित मिति: बुधबार, भदौ ११, २०८२  २१:२६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार