सोसल मिडिया
Contact Us
युनिकोड
रौतहट । रुबीकमारी साहको हत्याको अभियोगमा रौतहट प्रहरीले पक्राउ गरेको लक्ष्मण पासवानको उपचारको क्रममा मृत्यु भएको छ । शरीरको आधाभन्दा बढी भाग जलेको अवस्थामा रहेका पासवानलाई कीर्तिपुर बर्न अस्पतालमा उपचारका लागि पुर्याइएको थियो । उनको उपचारको क्रममा बुधबार मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । उपचारका क्रममा बुधबार साँझ ६ बजेतिर पासवानको मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी कुलदीप चन्दले जानकारी दिए । माधवनारायण नगरपालिका–६ कि २६ वर्षीया रुबीकुमारी साहको हत्या गरेको अभियोगमा प्रहरीले बुधबार बिहान शरीरमा आगो लगाएको अवस्थामा पासवानलाई पक्राउ गरेको थियो । माधव नारायण नगरपालिका–६ स्थित नहर अगाडि बिहान करिब ८ बजे पासवानले आत्मदाह गर्ने लागेको अवस्थामा प्रहरीले पक्राउ गरेको जनाएको छ । तत्काल स्थानीय अस्पतालमा लगे पनि थप उपचारका लागि बर्न अस्पताल कीर्तिपुरमा लगिएको हो । पासवानको एक भिडिओ पनि सार्वजनिक भएको थियो । सो भिडिओमा रुबीको हत्या गरेको स्वीकार गरेका छन् । केही दिन अघि गौरको मुडलवा गेट नजिक सुटकेशभित्र रुबीको शव भेटिएको थियो । यस विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । लक्ष्मणले आत्महत्याको प्रयास गर्दै शरीरमा आगो लगाएका थिए । कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । रुबीको हत्यापछि लक्ष्मण फरार भएका थिए । माधोपुर गाउँनजिक शरीरमा मट्टितेल खन्याएर आत्महत्याको प्रयास गरेको स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए । घटनास्थल पुगेको प्रहरीले उनलाई उपचारका लागि बुधबार बिहान अस्पताल लगेको थियो । रुबीको हत्या गरी फरार माधोपुर घर भएका पासवान बिहान आत्महत्याको प्रयास गरेको अवस्थामा माधोपुर गाउँमा फेला परेका हुन् । उनलाई तत्कालै स्थानीय अस्पताल पुर्याइएको थियो । शरीरको अनुहारलगायत भाग जलेर गम्भीर घाइते भएका पासवानको उपचारका क्रममा कीर्तिपुर वर्न अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गौरले पुष्टि गरेको छ । शनिबार साँझ गौरस्थित कोठाबाट रुबी ब्युटी पार्लर जान भनेर निस्किएकी थिइन् । आइतबार भारतको मुजफ्फरपुरस्थित रोक्साटोल घर जाने तयारीका लागि रुबी अनुहारमा फेसियल गर्न पार्लर गएकी थिइन् । उनी फेसियल गरेर बाहिरिएपछि लक्ष्मणले आफ्नो डेरामा बोलाई रुबीको हत्या गरेका थियो । सोही राति १० बजेतिर गौर–सिरसिया सडकखण्डअन्तर्गत गौर नगरपालिका–९ मुडवालगेटस्थित सडकमा बेवारिसे अवस्थामा सुटकेस देखेपछि स्थानीयले प्रहरीलाई खबर गरे । बिहानपख खोलेर हेर्दा रुबीको शव फेला पारेको थियो । रुबीको हत्यापछि मोबाइल अफ गरेर पासवान भारत र घरवरपर लुकेर बसेका थिए । आफैंलाई आगो लगाउनुअघि पासवानले ९ मिनेटको भिडियो बनाएका थिए । भिडियोमा उनले रुबीको हत्या गरेदेखि नै आफ्नो हात काँपिरहेको बताएका थिए । रुबीको हत्या स्वीकार्दै उनले भिडियोमा भनेका छन्, ‘मेरो जान मरिसकेकी छन् । म बाँचेर के गर्नु । पक्राउ परे जेल जानुपर्छ । १०–१५ वर्ष सजाय भोग्नुपर्छ । सजाय भोग्न तयार छु ।’ स्कुल पढ्दादेखि नै रुबीसँग आफ्नो गहिरो प्रेम बसेको लक्ष्मणले बताएका थिए । उनले रुबीको घाँटी थिचेर हत्या गरेको प्रहरीसमक्ष बताएका थिए ।