सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । नेपाल बार एसोसिएसनले विवादित न्यायाधीशका फैसला अध्ययन गर्न समिति गठन गरेको छ । बारले वरिष्ठ अधिवक्ता एवम् न्याय परिषद्का पूर्वसदस्य उपेन्द्रकेशरी न्यौपानेको नेतृत्वमा समिति गठन गरेको हो । जुन समितिको सदस्यमा डा. सुष्मा बास्कोटा बराल, श्रीकान्त बराल, सानुभाइ शाक्य र माधवकुमार बस्नेत छन् । बारका महासचिव केदारप्रसाद कोइरालाका अनुसार नेपाल बार एसोसिएसनको विधान, २०४८ बमोजिम केन्द्रीय कार्यसमितिको बैठकको निर्णयानुसार फैसला अध्ययन समिति गठन गरिएको हो । सर्वोच्च अदालतबाट भएका विवादित फैसला, दोहोरो व्याख्यासहित न्यायिक विचलन देखिने फैसलासम्म समितिले अध्ययन गर्ने छ । महासचिव कोइरालाले एकआपसमा बाझिएका, विधिशास्त्रीय मान्यतासँग असंगति रहेका फैसला अध्ययन गरी समितिले सर्वोच्च अदालतलाई समेत सुझाव दिने छ ।