सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौँ । राज्य व्यवस्था तथा सुशासन समितिको सभापतिका लागि कांग्रेस सांसद ईश्वरी न्यौपानेको मात्र उम्मेदवारी परेको छ । मनोनयनका लागि मंगलबार दिउँसो १ बजेदेखि ४ बजेसम्मका लागि समय तोकिए पनि सभापतिका लागि न्यौपानेको मात्र उम्मेदवारी परेको प्रतिनिधिसभा सचिव हर्कराज राईले जनाएका छन् । संसदीय सुनुवाइ समिति सभापतिबाट राजीनामा दिएर न्यौपानेले राज्य व्यवस्था समितिको सभापतिमा उम्मेदवारी दर्ता गराएकी थिइन् । उनको प्रस्तावका कांग्रेस सांसद रामहरि खतिवडा र समर्थकमा एमाले सांसद कृष्णगोपाल श्रेष्ठ रहेका छन् । न्यौपानेको मात्र उम्मेदवारी परेकाले उनी समिति सभापतिमा निर्विरोध चयन भएकी छिन् । यद्यपि बुधबार उनी निर्वाचित भएको औपचारिक घोषणा हुनेछ । यसअघि कुलिङ पिरियड विवादमा रामहरि खतिवडाले राजीनामा दिएका थिए । कांग्रेसको भागमा परेको दुवै समितिमा सभापति बनाउनपर्ने भएपछि बिहान पार्टी सभापति शेरबहादुर देउवाले बैठक राखेर न्यौपानेलाई अघि सारेका थिए ।