राज्य व्यवस्था तथा सुशासन समितिको सभापतिमा काँग्रेसले अघि सार्‍यो ईश्वरी न्यौपानेलाई 

मंगलबार, भदौ १०, २०८२
Global Ime Bank

काठमाडौं । प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको सभापतिमा नेपाली कांग्रेसले सांसद ईश्वरीदेवी न्यौपानेलाई अघि सारेको छ ।  मंगलबार काग्रेसको शीर्ष नेताहरुको बैठकले आफूलाई समितिको सभापतिमा उठाउने निर्णय गरेसँगै उम्मेदवारी दिएको न्यौपानेले बताइन् । उनले भनिन्, ‘म संसदीय सुनुवाई समितिको सभापति नै थिए, मलाई बिहान पार्टीले राज्य व्यवस्था तथा सुशासन समितिको सभापति बनाउने निर्णय पदाधिकारीले गर्यो भन्नुभयो । म त पार्टी कै कार्यकर्ता नाइ भन्ने कुरा पनि भएन । त्यसपछि हामीले भर्खरै आएर मनोनयन दर्ता गरेका छौ ।’  यसअघिका संसदीय सुनुवाइ समितिको सभापति रामहरि खतिवडाले राजीनामा दिएपछि न्यौपानेलाई अघि सारिएको हो ।  तत्कालीन सभापति खतिवडाले भने नैतिक आधारमा हासीहासी राजीनामा दिएको बताए । सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले आफू सभापति हुँदा महत्वपूर्ण विधेयकमा काम गर्न सफल भएको भन्दै करिब ८० वटा बैठक बस्न सफल रहेको बताए । 

प्रकाशित मिति: मंगलबार, भदौ १०, २०८२  १९:५९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार