सोसल मिडिया
Contact Us
युनिकोड
जनकपुर । निजी विद्यालय संचालकहरुले जनकपुरधाममा विरोध प्रदर्शन गरेका छन् । नयाँ शिक्षा ऐन निजी विद्यालय बन्द गराउने गरी ल्याउन लागिएको भन्दै उनीहरुले सोमबार (आज) जनकपुरधाममा प्रदेश स्तरीय शान्तिपूर्ण प्रर्दशन गरेका हुन् । संघीय शिक्षा ऐनको निजी विद्यालय सम्बन्धि केही प्रावधान तत्काल सच्याउन माग गर्दै निजी विद्यालयहरुको संगठन प्याव्सन, नेपाल प्याब्सन, हिसान र अपेनको प्रदेश समितिले संयुक्त रुपमा विरोध प्रदर्शन गरेका हुन् । शान्तिपूर्ण विरोध जुलुस जनकपुरधामको विभिन्न चोक हुँदै मधेश प्रदेश सभा अगाडि पुगेर कोण सभामा परिणत भएको थियो । कोणसभामा बोल्दै संचालकहरुले निजी विद्यालयलाई गैरनाफा मुलक बनाउनुपर्ने प्राबधान प्रति आक्रोश व्यक्त गरेका थिए । उनीहरुले ऐन नसच्चायाए निरन्तर विरोध गरिरहने चेतावनी समेत दिएका छन् ।