सुटकेसमा शव : ई–रिक्सा र चालक प्रहरी नियन्त्रणमा

सोमबार, भदौ ९, २०८२
Global Ime Bank

रौतहट । रौतहट प्रहरीले शव भएको सुटकेस फाल्न प्रयोग भएको ई–रिक्सा र चालकलाई पक्राउ गरेको छ । माधवनारायण नगरपालिका–६ कि २६ वर्षीया रुबीकुमारी साहको हत्यागरी शव लुकाउन प्रयोग भएको ई–रिक्सा र  चालकलाई नियन्त्रणमा लिएको प्रहरीले जानकारी दिएको छ । पक्राउ पर्नेमा  ई–रिक्सा चालक लक्ष्मण महरा हुन् । जिल्ला प्रहरी कार्यालय रौतहटका डीएसपी राजु कार्कीका अनुसार पक्राउ परेका महराले सुटकेसभित्र के सामान छ भन्ने आफूलाई थाहा नभएको प्रहरीमा बयान दिएका छन् । ई–रिक्सामा सुटकेसमा राखेर गगापिप्रा गाउँसम्म लैजान भनेको चालक महराले बताए । यस कार्यका लागि चालक महराले पाँच सयमा भाडामा लिएको प्रहरी अनुसन्धानमा खुलेको छ । मुडलवा गेटनजिक पुगेपछि ई–रिक्साको चक्कामा समस्या आएको थियो । त्यसपछि ई–रिक्सालाई फिर्ता पठाइ सुटकेस सडकमै राखेर भागेको प्रहरीको भनाइ छ । रुबीको हत्याराको व्यापक खोजी भइरहेको रौतहट प्रहरीले जनाएको छ ।  गौर नगरपालिका–९ मुडवलवा गेटस्थित सडकमा बेवारिसे सुटकेस भित्र रुबीकुमारीको शव फेला परेको थियो ।

Photo-(75)-1756124352.jpg
 

प्रकाशित मिति: सोमबार, भदौ ९, २०८२  १८:०५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार