सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवालाई नेपाली काँग्रेसको शिक्षा विभागले शिक्षा क्षेत्रलाई प्रमुख प्राथमिकतामा राख्न आग्रह गरेको छ । विभागका प्रमुख हरिप्रसाद नेपालको अध्यक्षतामा बसेको बैठकले मुलुकको ४४औँ प्रधानमन्त्री बन्नुभएकामा पार्टी सभापतिसमेत रहनुभएका देउवालाई बधाई दिँदै शिक्षा क्षेत्रलाई प्राथमिकतामा राख्न आग्रह गरेको हो । बैठकले शिक्षालाई प्रमुख प्राथमिकतामा नराखेसम्म दिगो आर्थिक विकासको लक्ष्य, सुशासन र समृद्धितर्फ मुलुक अगाडि बढ्न नसक्ने तथा शिक्षा आम नागरिकको प्रत्यक्ष सरोकार राख्ने विषयसमेत भएको नित्कर्षका साथ शिक्षा मन्त्रालयको जिम्मेवारी काँग्रेसले लिनुपर्ने निर्णय गरेको विभागका सचिव डा कृष्णप्रसाद पौडेलले जानकारी दिए ।