सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले संसद् नै निरीह थलो बनेको बताएकी छन् । बिहीबार मदन भण्डारी फाउन्डेसनको हिरक जयन्ती आयोजना समितिको सम्पर्क कार्यालय उद्घाटन कार्यक्रममा बोल्दै उनले संसद् निरीह थलो भएर बस्दा जनमानसमा राम्रो सन्देश नगएको टिप्पणी गरिन् । अहिले ठूला दलहरूले नै संविधानमाथि प्रश्न उठाएको उल्लेख गर्दै सविंधान संशोधन गर्नुपर्छ भनेर गरेको सहमतिको पालना नगरेको पनि बताइन् । उनले संविधानबारे प्रश्न उठाइएको तर अहिलेसम्म वौद्धिक बहस नभएकोप्रति चिन्ता व्यक्त गरिन् । उनले नेपालको शिक्षा प्रणालीलाई सुधार गर्नुपर्ने आवश्यकता देखिए पनि शिक्षा सम्बन्धी कानुन बन्न नसकेकोप्रति आपत्ति जनाइन् । त्यस्तै भण्डारीले आफू निरन्तर नेकपा एमालेमा सक्रिय कार्यकर्ताको रुपमा काम गर्ने प्रतिवद्धता जनाइन् । उनले आफू माले हुँदादेखि नै कम्युनिष्ट आन्दोलनमा सक्रिय रहेको, एमालेकै कार्यकर्ताको रुपमा निरन्तर काम गर्ने र आलोचनाभन्दा बाहिर रहन नसक्ने बताइन् । उनले एमालेको जन्म हुनुभन्दा धेरै अघिदेखि आफू कम्युनिष्ट आन्दोलनमा सहभागी भएको दाबी समेत गरिन् ।