आम जनता सूचनाको हकबाट वन्चित रहेसम्म सुशासन कायम हुन सक्दैन : गृहमन्त्री लेखी

मंगलबार, भदौ ३, २०८२
Global Ime Bank

जनकपुर । मधेश प्रदेशका गृह संचार तथा कानून मन्त्री राजकुमार लेखीले आम नागरिक सूचनाको हकबाट बञ्चित रहेसम्म देशमा सुशासन कायम हुन नसक्ने बताएका छन । मंगलबार महोत्तरीको बर्दिवासमा आयोजित सूचनाको हक कार्यान्वयनको अवस्था सम्बन्धी अन्तरक्रिया कार्यक्रममा मन्त्री लेखीले आम नागरिक सूचनाबाट टाढा रहेसम्म सुशासनको परिकल्पना गर्न नसकिने धारणा व्यक्त गरे ।  उनले सूचनाको हक लोकतन्त्रको स्तम्भ रहेको उल्लेख गर्दै सबै सू–सूचित हुनु आजको आवश्यकता रहेको बताए । नागरिकले सूचनाको हकलाइ आफ्नो अधिकारको रुपमे लिनुपर्ने मन्त्री लेखीको भनाइ थियो । उनले निर्वाचित जनप्रतिनिधिहरुले पनि यसको प्रभावकारी कार्यान्वयनको अभिभारा उठाउनु पर्नेमा जोड दिए । उनले मधेस प्रदेसका सम्पूर्ण निकाय यस विषयमा जिम्मेवार बन्न आग्रह गरे । उनले अहिलेको सरकार, मन्त्रालय, सरकारी कार्यालयहरु सूचनाको हक कार्यान्वयन प्रति जिम्मेबार नरहेकोमा गुनासो गरे । लोकतन्त्र, संघियता तथा समावेशिताको स्थायित्वका निम्ति सूचनाको हक सबैले प्राप्त गर्नु पर्नेमा मन्त्री लेखीले जोड दिए । अन्तरक्रिया कार्यक्रममा उपस्थित सञ्चारकर्मीहरुले विभिन्न मन्त्रालय र सरकारी कार्यालयबा सूचना संकलन गर्न असहज हुने गरेको गुनासो गरेका थिए । 

प्रकाशित मिति: मंगलबार, भदौ ३, २०८२  २०:५७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार