कांग्रेसको भ्रातृ संस्था नेपाल राष्ट्रिय मगर संघको अध्यक्षमा इच्छुराम रानामगर

सोमबार, भदौ २, २०८२
Global Ime Bank

काठमाडौं । नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल राष्ट्रिय मगर संघको सभापतिमा इच्छुराम रानामगर सर्वसम्मत चयन भएका छन् । कांग्रेस केन्द्रीय कार्यालय सानेपामा सम्पन्न तेश्रो राष्ट्रिय महाधिवेशनबाट रानामगरको नेतृत्वमा ३२ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन भएको हो । उपसभापतिमा कृष्ण थापामगर, उमा थापामगर र जनककुमार वाँठामगर, महामन्त्रीमा रामबहादुर थापामगर, सहमहामन्त्रीमा खडकबहादुर थापा, हस्त पुन, सरिता रानामगर र कोषाध्यक्षमा गायत्री रानामगर चयन भएका छन् । केन्द्रीय कार्यसमितिका सदस्यहरू बमेन्द्रबहादुर बुर्जामगर, मानबहादुर मगर, ओमबहादुर मगर, रमेश थापामगर, सुरेश थापामगर, देवीकुमारी बुढा, गोपाल रानामगर, नारायण जिएम चयन भएका छन् । प्रदेश सदस्यमा जगतबहादुर रानामगर, शकुन्तला मगर, भगवानबहादुर दर्लामीमगर, चन्द्रिकाकुमारी मगर, बुद्धिबहादुर पुलमीमगर, उर्मिलाकुमारी पुलामी, यामबहादुर राना, केशकुमारी राना, प्रेमबहादुर कामुमगर, धनकुमारी राना, कमल घर्तीमगर, चन्द्रा आलेमगर, प्रेमबहादुर सुर्जामगर र रिनादेवी मगर चयन भएको निर्वाचन समितिले जनाएको छ ।

प्रकाशित मिति: सोमबार, भदौ २, २०८२  ०८:५८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार