राष्ट्रिय राजमार्गमा ४२४ चार्जिङ स्टेशन निर्माण गर्ने सरकारको गुरुयोजना

आइतबार, भदौ १, २०८२
Global Ime Bank

काठमाडौं । सरकारले विद्युतीय सवारीसाधनको बढ्दो प्रयोगलाई मध्यनजर गर्दै ८० वटा राष्ट्रिय राजमार्गमा ४२४ चार्जिङ स्टेशन स्थापना गर्ने गुरुयोजना तयार पारेको छ । हाल देशभर निजी क्षेत्रसहित ४५० चार्जिङ स्टेशन छन्, तर अधिकांश शहरी क्षेत्रमा सीमित छन् । जल तथा ऊर्जा आयोगको सचिवालयद्वारा तयार गरिएको गुरुयोजनाले २५–१०० किलोमिटर दूरीमा चार्जिङ स्टेशन राख्ने प्रस्ताव गरेको छ । सार्वजनिक–निजी साझेदारी (पीपीपी) मोडेलअन्तर्गत ट्राफिक घनत्व, जमीन उपलब्धता, बाढी जोखिम, सडकको अवस्था र विद्युत् ग्रीड पहुँचका आधारमा करिब १४ हजार ९१३ किलोमिटर क्षेत्रमा यो योजना लागू गर्ने तयारी छ । चार प्रकारका चार्जिङ स्टेशन (लेभल १ देखि हेभी गाडीका लागि १ मेगावाट पावर क्षमतासम्म) निर्माणको लागी गुरु योजनाले सिफारिस गरेको छ । नेपालले सन् २०३० सम्म निजी गाडीको ९० प्रतिशत र चारपांग्रे सवारीको ६० प्रतिशत विद्युतीय बनाउने लक्ष्य लिएको छ । सन् २०३५ सम्म २८ हजार ५०० मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्यसहित, विद्युतीय सवारीमार्फत घरेलु विद्युत् खपत बढाउने उद्देश्य राखिएको छ । यस गुरु योजनाले उदाउँदो प्रविधि, बजारको गतिशीलता र नयाँ नीतिगत आवश्यकताहरूको अनुकूलन गर्न निरन्तर समीक्षा र परिमार्जन आवश्यक रहेको कुरामा जोड दिएको छ, जसले नेपालको इभी प्रणालीलाई लचिलो, अनुकूलनशील र दीगो विकासका राष्ट्रिय लक्ष्यहरूसँग सधैं समायोजनमा राख्न मद्दत गर्नेछ ।

प्रकाशित मिति: आइतबार, भदौ १, २०८२  ०९:३७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार