सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । सुक्खा पहिरोको कारण चितवनको नारायणगढ–मुग्लिन सडकखण्ड दुईतर्फि अवरुद्ध भएको छ । आइतबार बिहान चितवनको इच्छाकामना गाउँपालिका–५ तुइनखोलास्थित सडकखण्डमा माथिबाट चट्टानसहित पहिरो खसेको कारण मुग्लिन सडकखण्ड दुईतर्फि अवरुद्ध भएको हो । पहिरोमा परेर एकजना घाइते भएको जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी रवीन्द्र खनाले जानकारी दिए । उनका अनुसार मुग्लिङतर्फ जाँदै गर्दा बागमती प्रदेश ०६–००३ प ३८१६ नं. को स्कुटरमा माथिबाट खसेको ढुङ्गाले लाग्दा कुटरमा सवार चितवन रत्ननगर न.पा.३ बस्ने सन्दीप रिजाल घाइते भएका हुन् । अहिले जेसिभीको प्रयोग गरेर पहिरो पन्छाउने काम भइरहेको छ ।