सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । श्रम स्वीकृति नलिइ साउदी अरेबियामा कार्यरत नेपालीहरूलाई श्रम वैधानिकिकरण सुरु भएको छ । शुक्रबार काठमाडौंमा आयोजित एक समारोहकाबीच नेपाली दुतावास साउदी अरेबियाबाट श्रम स्वीकृति नलिई साउदी अरेबियामा कार्यरत नेपालीहरूलाई श्रम वैधानिकिकरण सुरु गरिएको हो । विगत आठ वर्षदेखि रियादमा कार्यरत अजय दंगालको बायोमेट्रिक लिएर राजदुत डा.नरेश बिक्रम ढकालले श्रम वैधानिकिकरण कार्यलाई स्वीकृति प्रदान हुन् । कार्यक्रममा बोल्दै श्रममन्त्री शरत् सिंह भण्डारीले अहिले लाखौं नेपालीहरू श्रमको शिलशिलामा विभिन्न बाटोबाट विभिन्न मुलुकमा रहेको अवस्थामा विभिन्न कागजी कठिनाइले वैधानीकरण हुन नसक्ने र पाउनुपर्ने अधिकारबाट बञ्चित रहेको बताए । यस्तो अवस्थामा सरकारले वैदेशिक रोजगारमा रहेका श्रमिकहरूको हितका लागि वैधानिकिकरणको काम गरिरहेको बताए । त्यस्तै उनले खाडी मुलुकमा जाने सुरुवात साउदी अरेबियाबाटै भएको बताउँदै अरेबियामा दुईपक्ष सम्झैता गर्न एक दशकदेखि धेरै प्रयासहरू गरिरहेको बताए ।