रामहरि खतिवडाले बुझाए सभामुखलाई राजीनामा पत्र

बुधबार, साउन २८, २०८२
Global Ime Bank

काठमाडौं । प्रतिनिधिसभा सदस्य रामहरि खतिवडाले राज्यव्यवस्था सुशासन समितिको सभापति पदबाट राजीनामा दिएका छन् । सांसद खतिवडाले लिखित राजीनामा पत्र सभामुख देवराज घिमिरेसमक्ष बुझाएका हुन्  । बुधबार साउन २८ गतेबाट लागू हुने गरी उनले राज्यव्यवस्था सुशासन समितिको सभापति पदबाट राजीनामा दिएका हुन् ।  उनले मिति २०८२ साल साउन २७ गते बसेको संघीय संसद, प्रतिनिधिसभाको बैठकमा समितिको सभापति पदबाट राजीनामा दिने घोषणा गरे बमोजिम राजीनामा दिएका हुन् ।  

प्रकाशित मिति: बुधबार, साउन २८, २०८२  २०:१९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार