सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद दिपक बहादुर सिंहले गल्ति नगरेको भए जस्तो सुकै छानविन आयोग आए पनि डराउन नपर्ने बताएका छन् । बुधबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले भिजिट भिसा प्रकरणबारे बोल्दै कल्याण श्रेष्ठ वा सुशिला कार्कीको अध्यक्षतामा छानविन समिति गठन गर्न माग गरे । उनले बदमासी गर्नेले सजाय पाउने भन्दै उच्च स्तरको छानविन समिति गठन गर्न आग्रह गरे । ‘भिजिट भिसाको काण्डले यो सदनमा मात्र होइन विदेशमा बसेका हाम्रा नेपालीहरूको शिर निहुराउने अवस्थामा पुगिसकेको छ । राप्रपाले भिजिटभिसाको विरोध गरेको होइन तर भिजिट भिसाका नाममा नेपालीसँग तलदेखि माथिल्लो तह सम्मका मान्छेहरूको मिलिमत्तोमा पटक पटक पैसा असुली धन्दा निरन्तर चलि रहेको छ । त्यसैले उच्च स्तरको छानविन समिति होस् भन्दै माग राख्दै आएको छ । उच्च स्तरीय आयोग बनाउन कसले रोकेको छ । यो सदनका सम्पूर्ण माननीयसँग म अनुरोध गर्न चाहान्छु कल्याण श्रेष्ठ या सुशीला कार्कीको अध्यक्षतामा यो छानविन समिति गठन गर्रौँ यदी बदमासी यदी कसैले गरेको छ भनेदेखि सजाय उस्ले पाउन पर्छ । जस्ले बदमासी गरेको छैन भने जस्तो सुकै छानविन आयोग बनाए पनि के फरक पर्छ’, उनले भने ।