नेपालमा अब नैतिकता केही मानिसमा मात्र बाँकी छ : अशोक चौधरी

बुधबार, साउन २८, २०८२
Global Ime Bank

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद अशोककुमार चौधरीले नेपालमा अब नैतिकता केही मानिसमा मात्र बाँकी रहेको बताएका छन् ।  प्रतिनिधि सभाको बुधबारको बैठकमा उनले भिजिट भिसा प्रकरणमा गृहमन्त्री र  पोखरा लिच्चीबारी काण्डमा सहकारी मन्त्रीको नाम जोडिँदा पनि उनीहरूविरुद्ध कारबाही नभएको भन्दै यो देशमा नैतिकता हराउँदै गएको बताए ।  उनले भने, ‘यो देशमा अब नैतिकता केही मानिसमा मात्र छ । हामी निरन्तर भिजिट भिसा प्रकरणको आडमा भएको भ्रष्टाचारको छानविनका लागि गृहमन्त्री रमेश लेखकको राजीनामा माग गरिरहेका छाै‌ । त्यस्तै पोखरा लिच्चीबारी काण्डमा २५ लाख घुस खाएको घटनामा बलराम अधिकारीमाथि प्रश्न उठेको छ । तर मन्त्रीहरू हामीलाई हावाले मात्र छोएको हो भन्नु हुन्छ । सदन र आम जनताले यसको जवाफ पाउनु पर्छ ।’ यस्तै, उनले देशमा भ्रष्टाचारको काण्डहरू धेरै नै दबाउन खोजिएको भन्दै आन्दोलन जारी रहेको र संसदीय छानबिन समिति गठनको माग पनि यथावत रहेको बताए । 

प्रकाशित मिति: बुधबार, साउन २८, २०८२  १९:०१
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार