भौतिक पूर्वाधार नहुँदा क्षमताभन्दा बढि कैदीहरू राख्नुपर्ने बाध्यता : गृहमन्त्री 

बुधबार, साउन २८, २०८२
Global Ime Bank

काठमाडौं । गृहमन्त्री रमेश लेखकले समग्र कारागारको भौतिक पूर्वाधारको अवस्था कमजोर रहेको बताएका छन् ।  कानुन न्याय तथा मानव अधिकारी समितिको बुधबार बसेको बैठकमा उनले धेरैजसो कारागारमा क्षमताभन्दा बढि कैदीहरु रहेको अवस्था रहेको बताउँदै कारागारको भौतिक संरचना ठूलो र पूर्वाधार निर्माणको लागत बढि लाग्ने भएकाले समयमा नै सम्पन्न गर्न स्रोतको कमि भएको बताए ।  उनले भने,‘समग्र कारागारको भौतिक पूर्वाधारको अवस्था कमजोर रहेको छ । धेरैजसो कारागारमा क्षमताभन्दा बढि कैदीहरु रहेको अवस्था छ । कारागारको भौतिक संरचना ठूलो र पूर्वाधार निर्माणको लागत बढि लाग्ने भएकाले समयमा नै सम्पन्न गर्न स्रोतको कमि भएको छ  । व्यवस्थापनको काम गरिरहेको छौं ।’ त्यस्तै उनले सात हजार जना कैदी बन्दीलाई अहिले उत्पादनमुलक काममा लगाइएको र ४० वटा कारागारमा बन्दीहरुलाई सामुहिक मनोसामाजिक परामर्श प्रदान गरिएको जानकारी गराए । 
मन्त्री लेखकले दुई हजार ८ सय ५७ जना बन्दीको स्वास्थ्य परिक्षण गरिएको र १२ वटा कारागारलाई नयाँ र ८ वटालाई पुराना सवारी साधन उपलब्ध गराइएको पनि जानकारी दिए ।  ‘सात हजार जना कैदीबन्दीलाई अहिले उत्पादनमुलक काममा लगाइएको छ । त्यसले समयको सदुपयोग हुन्छ । ४० वटा कारागारमा बन्दीहरुलाई सामुहिक मनोसामाजिक परामर्श प्रदान गरिएको छ । विभागबाट ५४ वटा कारागार अनुगमनगरी सुधारका लागि पृष्ठपोषण प्रदान गरिएको छ । दुई हजार ८ सय ५७ जना बन्दीको स्वास्थ्य परिक्षण गरिएको छ । १२ वटा कारागारलाई नयाँ र ८ वटालाई पुराना सवारी साधन उपलब्ध गराइएको छ । ’ उनका अनुसार कैदी बन्दीहरुको स्वास्थ्य बीमा पनि सुरु गरिएको छ ।

प्रकाशित मिति: बुधबार, साउन २८, २०८२  १२:४४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार