Tihar Banner Tihar Banner
Tihar Banner Tihar Banner

बागमती प्रदेश सभाको नवनिर्मित भवनको समुद्घाटन 

बुधबार, साउन २८, २०८२

हेटौंडा । बागमती प्रदेश सभाको नवनिर्मित नयाँ भवनको समुद्घाटन गरिएको छ । मंगलबार अपराह्न एक समारोहका बीच सभामुख भुवनकुमार पाठकले नवनिर्मित सभा भवनको समुद्घाटन गरेका हुन् ।  करिब ५ वर्षको अवधि लगाएर निर्माण गरिएको प्रदेशसभाको अस्थायी प्रि–फ्याब भवनको मंगलबार उद्घाटनसँगै औपचारिक रुपमा सञ्चालनमा आएको छ ।  २०७७ साल मंसिर १० गते शिलान्यास गरिएको २५० जना अट्ने उक्त सभा हल ईपीएस स्यान्डबीच प्रविधिबाट निर्माण हुने गरी सहरी विकास तथा भवन कार्यालय हेटौंडाले २०७७ कात्तिकमा ठेक्का आह्वान गरेको थियो ।  प्रदेशसभा भवन १२ करोड २९ लाख लागतमा तयार भएको हो । उक्त भवन तयार नहुँदा क्षेत्रीय शिक्षा निर्देशनालय रहेको भवनमा प्रदेशसभा सचिवालय स्थापना गरिएको थियो ।  मंगलबार साँझ बसेको प्रदेशसभाको बैठक नवनिर्मित भवनमा सञ्चालन गरिएको थियो ।

प्रकाशित मिति: बुधबार, साउन २८, २०८२  ११:५८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार