आज संघीय संसद् अन्तर्गत पाँचवटा समितिको बैठक बस्दै

बुधबार, साउन २८, २०८२
Global Ime Bank

काठमाडौं । संघीय संसद् अन्तर्गत आज पाँचवटा समितिको बैठक बस्ने भएको छ । बुधबार प्रतिनिधि सभा अन्तर्गत अर्थ समिति, कानुन, न्याय तथा मानव अधिकार समिति, कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति र राष्ट्रिय सभा अन्तर्गत सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समिति, संघीयता सवलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बस्न लागेको हो ।  आज बस्ने अर्थ समितिको बैठकमा वैकल्पिक विकास वित्त परिचालनका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि दफावार छलफल गर्ने कार्यसूची रहेको छ भने बैठक बिहान ११ बजे बस्ने तय भएको छ ।  यस्तै, बिहान १० बजे बस्ने कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा कैलाली कारागारमा गत शुक्रबार घटेको घटना, सोको प्रभाव र समस्या समाधानका उपायहरूबारे गृहमन्त्रीसँग छलफल गरिने कार्यसूची रहेको छ ।  आज कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०८२ का सम्बन्धमा छलफल गरिने छ भने बैठक बिहान १० बजे बस्दैछ ।  यस्तै, बिहान ११ बजे बस्ने सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा उपसमितिले गरेका निर्णयहरु सम्बन्धमा छलफल गरिने भएको छ ।  बिहान ११ बजे बस्ने संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा महालेखापरीक्षकको ६२ औं वार्षिक प्रतिवेदनमा समेटिएका मूलभूत पक्षहरुका विषयमा छलफल गरिने भएको छ । 

प्रकाशित मिति: बुधबार, साउन २८, २०८२  ०८:५६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार