आज प्रतिनिधि सभाको बैठक बस्दै, मन्त्रालयगत प्रश्नोत्तर हुने 

बुधबार, साउन २८, २०८२
Global Ime Bank

काठमाडौं । संघीय संसद् अन्तर्गत आज प्रतिनिधिसभाको बैठक बस्ने भएको छ । बुधबार दिनको १ बजे बस्न लागेको प्रतिनिधि सभाको बैठकमा मन्त्रालयगत प्रश्नोत्तर गरिने भएको छ ।  सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, परराष्ट्र मन्त्रालय, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालयसम्बन्धी मौखिक प्रश्नहरूको सम्बन्धित मन्त्रीले उत्तर दिने आजको कार्यसूचीमा उल्लेख छ । 
यस्तै, सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले ‘सूचना प्रविधि तथा साइबर सुरक्षा विधेयक, २०८२ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् । 

प्रकाशित मिति: बुधबार, साउन २८, २०८२  ०८:५२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार