सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का शिशिर खनालले केही दिन अगाडि एयरपोर्टको अध्यागमनमा गृह मन्त्रालयका कर्मचारीले घुस लिइरहेको विषय बाहिर आएपनि गृहमन्त्रीलाई अप्ठ्यारो पर्छ भनेर छानबिन अगाडि नबढाएको आरोप लगाएका छन् । प्रतिनिधिसभाको मंगलबार बसेको बैठकमा बोल्दै उनले जब भ्रष्टाचार र बिचौलियाको संरक्षण गर्ने सरकार रहन्छ त्यसबखतसम्म लोकतन्त्रलाई दुर्घटनामा लैजाने काम हुने गरेको उनले बताए । आफूहरूले भिजिट भिसा प्रकरणको कुरा उठाए पनि आवाजलाई निस्तेज पार्ने प्रयास भइरहेको उनको दाबी थियो । उनले भने, ‘जब भ्रष्टाचार र बिचौलियाको संरक्षण गर्ने सरकार रहन्छ, त्यसले मुलुक र लोकतन्त्रलाई दुर्घटनामा लैजान्छ । दुई महिना भन्दा लामो समयदेखि भिजिट भिसाको नाममा भइरहेको मानव तस्करीका विरुद्ध उच्चस्तरीय स्वतन्त्र छानबिन समिति माग गरेर आन्दोलित भइरहदा, लिचीवारी बेच्ने अडियो टेप आयो । पासपोर्टको छपाइमा भागबन्डा भएको खबर बाहिरियो । कुलिंङ पिरियडको बदमासीको जिम्मेवारी लिनुपर्ने निष्कर्ष निस्कियो । तर पनि संसद् मौन छ र उल्टै विपक्षीको आवाजलाई निस्तेज पार्न प्रयास भइरहेको छ,’ उनले अगाडि भने,‘केही दिन अगाडि एयरपोर्टको अध्यागमनमा गृह मन्त्रालयका कर्मचारीले अझै घुस लिइरहेको सूचना प्रहरीकोमा पुग्छ तर गृह मन्त्रीलाई अप्ठ्यारो पर्छ भनेर छानबिन अगाडि बढ्दैन ।’ यस्तो छ सांसद खनालको सम्बोधन
teven Levitsky र Daniel Ziblatt द्वारा लिखित "How Democracies Die" भन्ने पुस्तकमा लेखक भन्छन “आज लोकतन्त्र माथि सबैभन्दा ठूलो खतरा सैन्य “कू” होइन - निर्वाचित नेताहरू हुन् जसले बिस्तारै बिधिको शासनलाई भत्काउँछन्।” उनीहरु भन्छन लोकतन्त्रलाई खतरा बढदै गरेको चारवटा संकेतहरु हुन्छन: १. लोकतान्त्रिक प्रक्रिया र नियमहरूलाई नमान्ने: संविधानलाई कमजोर पार्ने: संविधानका प्रावधानहरूलाई बेवास्ता गर्ने वा त्यसको मर्यादा घटाउने । २. राजनीतिक विरोधीहरूको वैधानिकतालाई अस्वीकार गर्ने: विपक्षीहरूलाई वैध नमान्ने।राजनीतिक प्रतिद्वन्द्वीहरूलाई दुश्मनको रूपमा चित्रण गर्ने। असहमतिलाई अवैध ठहर्याउने।असहयोग गर्यो भन्ने । छलफल नगर्ने । ३. हिंसालाई सहन वा प्रोत्साहन गर्ने: हिंसात्मक कार्यहरूलाई मौन समर्थन गर्ने वा उक्साउने । ४. नागरिक स्वतन्त्रतालाई नियन्त्रण गर्न तत्परता: प्रेस स्वतन्त्रता वा प्रदर्शन गर्ने अधिकारमाथि प्रहार गर्ने । यो सँगै जब भ्रष्टाचार र विचौलिया को संरक्षण गर्ने सरकार रहन्छ, त्यसले मूलुक र लोकतन्त्रलाई दुर्घटना मा लग्दछ । हामी दुई महिना भन्दा लामो समय देखि “भिजिट भिसा” को नाम मा भैरहेको मानव तस्कारीका विरुद्व उच्चस्तरीय स्वतन्त्र छानविन समिति माग गरेर आन्दोलित भैराख्दा, “लिचिबारी” बेच्ने अडियो टेप आयो, पासपोर्टको छपाईमा भागबण्डा भएको खबर बाहिरियो, कुलिंङ पिरियडको वदमासीको जिम्मेवारी लिनुपर्ने निष्कर्ष निस्कियो। र पनि संसद मौन छ र उल्टै विपक्षीको आवाजलाई निस्तेज पार्न प्रयास हुन्छ । केही दिन अगाडि एयरपोर्टको अध्यागमनमा गृह मन्त्त्रालयका कर्मचारीले अझै घुस लिईरहेको सूचना प्रहरी काँ पुग्छ तर गृहमन्त्रीलाई अप्ठेरो पर्छ भनेर छानबिन अगाडि बढ्दैन । लोकतन्न्त्र मास्न खोज्ने हरु : • आफू अनुकुलका निर्वाचन कानून बनाउँछन् । • न्यायपालिकाको स्वतन्त्रलाई कुष्ठित पार्छन् । • कार्यकारी अधिकार बलियो बनाउँछन् । • मिडियामाथि नियन्त्रण गर्न खोज्छन् । र पनि प्रधानमन्त्रीज्यू भन्नु हुन्छ लोकतन्त्र विरोधी शक्तिहरु संसद् अवरुद्द गरिराखेका छन् । प्रधानमन्त्रीज्यूलाई मेरो अनुरोध “How Democracies Die” एक पटक पढनुहोस्, अनि आफू र आफ्नो सरकारले एक वर्षदेखि गरेका कामगरु सँग मूल्याकन गर्नुहोला । हामी त सु-शासन होस, छानबिन होस, भ्रष्टाचारीहरु मन्त्रीको पदमा बहाल नरुहुन भन्ने चाहन्छौ । तपाई के चाहनुहुन्छ ? हाम्रो आन्दोलन जारी छ। धन्यवाद ।