ठोरीमा मृत भेटिएको दुर्लभ पाटे बाघ आपसी लडाइँमा मरेको हुनसक्ने

आइतबार, साउन २५, २०८२
Global Ime Bank

रौतहट ।  पर्साको ठोरीमा एक दुर्लभ पाटे बाघ मृत अवस्थामा फेला परेको छ । ठोरी गाउँपालिका–४ विजयवस्ती नजिकैको गोपीवस्तीमा आइतबार बिहान मृत पाटे बाघ फेला परेको हो । बाघको घाँटीमा अर्को बाघले टोकेको जस्तो चोटपटक देखिएको निर्मल मध्यवर्ती समितिका अध्यक्ष चिन बहादुर श्रेष्ठले बताए । दुई बाघको आपसी लडाइँमा एउटा मरेको हुन सक्ने उनले अनुमान गरे । खेततर्फ जाँदै गरेका स्थानीय किसानहरूले बाटोमा बाघ सुतेको जस्तो देखेपछि सुरुमा जिउँदो हो कि भनेर त्रसित हुँदै भागेका थिए । उक्त स्थान पर्सा राष्ट्रिय निकुञ्जभन्दा भारतको वाल्मीकि टाइगर रिजर्भ नजिकै पर्ने भएकाले मृत बाघ सोही जङ्गल क्षेत्रबाट आएको हुनसक्ने अनुमान गरिएको छ । घटनाबारे थप अनुसन्धान गर्न पर्सा राष्ट्रिय निकुञ्ज र सम्बन्धित निकायहरूलाई खबर गरिएको छ । 

प्रकाशित मिति: आइतबार, साउन २५, २०८२  १७:१८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार