सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । कैलालीको धनगढीस्थित कारागारमा भएको कैदीबन्दी झडप प्रकरणलाई गृह मन्त्रालयले परिस्थितिलाई सहज बनाउन गम्भीरता पूर्वक सुक्ष्म रुपले हेरिरहेको छ । कैलाली कारागारमा शुक्रबार राति कैदीबन्दीबीच झडप भएर एक जनाको मृत्यु र ४७ जना घाइते भएपछि शनिबार गृहमन्त्री रमेश लेखकले गृहसचिवसहित तीनवटा सुरक्षा निकायका प्रमुखसँग घटनाको समग्र अवस्थाबारे जानकारी लिनुका साथै परिस्थिति सहज बनाउने विषयमा छलफल गरेका छन् । छलफलमा सेती प्रादेशिक अस्पतालमा उपचार गरिरहेका एकजना गम्भीर घाइतेलाई थप उपचारका लागि काठमाडौं ल्याउने तयारी गरिएको छ । त्यसका लागि गृह मन्त्रालयले सुर्खेतमा रहेको नेपाली सेनाको स्काइ ट्रक धनगढी पढाइसकेको गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले जानकारी दिए । ‘कारागारको पूर्ण सुरक्षा र थप अप्रिय घटना हुन नदिन नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले सुरक्षा व्यवस्था कडा पार्ने छन् ।’ प्रवक्ता काफ्लेले भने, ‘झडपमा परी घाइते भएका अन्य घाइतेहरूको उपचारको प्रवन्ध मिलाइएको छ ।’ बैठकमा कारागारको आन्तरिक सुरक्षा लगायतका विषयमा छलफल भएको थियो ।