आदिवासी जनजातिको सहअस्तिव जोगाउन सामूहिक पहल जरुरी : सभापति देउवा

शुक्रबार, साउन २३, २०८२
Global Ime Bank

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आदिवासी जनजातिको सहअस्तिव जोगाउनका लागि सामूहिक पहल गर्नुपर्ने बताएका छन् ।  शुक्रबार कांग्रेसनिकट लोकतान्त्रिक आदिवासी जनजाति महासंघको कार्यक्रममा बोल्दै उनले शिक्षा स्वास्थ्य, रोजगारी, समावेशीता र सहभागिता जस्ता क्षेत्रमा समान पहुँचको सुनिश्चिताको लागि सामूहिक पहल गर्नुपर्ने बताएका हुन् ।  उनले भने,‘आदिवासी जनजातिको आत्मसम्मान, सहअस्तिव जोगाउनको लागि कांग्रेस क्रियाशील छ । शिक्षा स्वास्थ्य, रोजगारी, समावेशीता, सहभागिता जस्ता क्षेत्रमा समान पहुँचको सुनिश्चिताको लागि सबैले सामुहिक पहल गर्नुपर्छ र प्रयत्न पनि गर्नुपर्छ । आदिवासी सञ्जाल कानुन प्रतिष्ठान बढि स्रोत, साधनले सम्पन्न बनाएर अझै सशक्त बनाएर लानुपर्ने आवश्यकता रहेको छ ।’ सभापति देउवाले आदिवासीका अधिकारका लागि सरकार मात्र नभई स्वयम जनजातिको पनि दृढ इच्छाशक्ति आवश्यक रहेको बताए । 

प्रकाशित मिति: शुक्रबार, साउन २३, २०८२  २०:५८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार