गोहीको आक्रमणबाट बेपत्ता युवा फेला परेनन् 

शुक्रबार, साउन २३, २०८२

बर्दिया । बर्दियाको ठाकुरबाबा नगरपालिका वडा नं. ९ हात्तीसारमा गोहीको आक्रमणमा परेर बेपत्ता भएका युवा चार दिन वित्दा समेत फेला परेका छैनन् । खौराहा खोलामा पौडी खेल्ने क्रममा गोहीले आक्रमण गर्दा गत मंगलबार मधुवन नगरपालिका वडा नं १ कैलासीका १९ वर्षिय रुपमिलन थारू बेपत्ता भएका थिए ।  बेपत्ता भए लगत्तै बर्दिया राष्ट्रिय निकुञ्ज, नेपाली सेना, नेपाल प्रहरीको टोली हात्ती र मोटरबोटसहित बर्दियाको ठाकुरबाबा नगरपालिका वडा नं ९ हात्तीसार नजिकको खौराहा खोलामा पौडी खेल्ने क्रममा गोहीले आक्रमण गर्दा एक युवा बेपत्ता भएका थिएन । मंगलबार साँझ तीन जना साथीहरू पौडी खेल्ने क्रममा गोहीले आक्रमण गर्दा मधुवन नगरपालिका वडा नं १ कैलासीका १९ वर्षिय रुपमिलन थारू बेपत्ता भएका हुन् ।  मंगलबार साँझदेखि नै हात्ती, मोटरबोट सहितको निकुञ्ज, नेपाली सेना र प्रहरी सहितको टोलीले खोजविन गरेपनि हालसम्म उनी फेला परेका छैनन् । बेपत्ता भएदेखि लगातार खोजविन गरेपनि बेपत्ता भएका थारूलाई फेला पार्न नसकिएको बर्दिया राष्ट्रिय निकुञ्जका सूचना अधिकारी सरोजमणी पौडेलले जानकारी दिए । 

प्रकाशित मिति: शुक्रबार, साउन २३, २०८२  २०:५१
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार