उच्च अदालतको न्यायाधीशमा २७ जना सिफारिस 

१६ जना जिल्ला अदालतका न्यायाधीश, ५ जना न्याय सेवाबाट र ६ जना कानुन व्यवसायीबाट उच्च अदालतको न्यायाधीशमा सिफारिस भएका छन् ।
बिहीबार, साउन २२, २०८२

काठमाडौं । न्याय परिषद्ले उच्च अदालतमा २७ न्यायाधीश नियुक्तिका लागि सिफारिस गरेको छ । बिहीबार प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतको अध्यक्षतामा बसेको परिषद् बैठकलै विभिन्न उच्च अदालतमा न्यायाधिश नियुक्ति तथा पदस्थापन सिफारिस गरेको हो ।  परिषद्का अनुसार सिफारिस भएकामध्ये १६ जना जिल्ला अदालतका न्यायाधीश छन् । ५ जना न्याय सेवाबाट र ६ जना कानुन व्यवसायीबाट उच्च अदालतको न्यायाधीशमा सिफारिस भएका हुन् । न्याय परिषद्का सचिव यमबहादुर बुढामगर उच्च अदालत सुर्खेत, जुम्ला इजलासको न्यायाधीशमा सिफारिस भएका छन् । त्यस्तै सर्वोच्च अदालतका सह–रजिस्ट्रार अच्युत कुइकेल उच्च अदालत पाटनको न्यायाधीशमा सिफारिस गरिएको छ । त्यस्तै कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयका सहसचिव कोमलबहादुर खत्री उच्च अदालत सुर्खेतको न्यायाधीश सिफारिस भएको छ । त्यस्तै अधिवक्ताहरूबाट न्यायाधीशमा सिफारिस हुनेहरूमा शर्मिला थापा विष्ट, प्रतापसिंह ठकुराठी, बालकृष्ण गैरे, निशा बानियाँ, श्यामकुमार विश्वकर्मा र अरुणकुमार पंजियार रहेका छन् ।

प्रकाशित मिति: बिहीबार, साउन २२, २०८२  १९:३९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार