शिक्षक बढुवामा कार्यसम्पादन मूल्यांकनको अंक ८० कायम

आन्तरिक प्रतियोगिता, ज्येष्ठतासहित कार्यसम्पादन मूल्यांकन र कार्यक्षमताको मूल्यांकनका आधारमा शिक्षक बढुवा हुने
बिहीबार, साउन २२, २०८२
Global Ime Bank

काठमाडाै‌ । संसद्को शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बिहीबारको बैठकले तीन प्रकारबाट सामुदायिक विद्यालयको शिक्षक बढुवा गर्नेमा सहमति जुटाएको छ । यसअघि शिक्षक बढुवा र कार्यसम्पादन मूल्याङ्कनका विषयमा शिक्षक महासंघको मागका कारण सहमति हुन सकेको थिएन । आन्तरिक बढुवा, ज्येष्ठतासहित कार्यसम्पादन मूल्यांकन र कार्यक्षमताको मूल्यांकन गरी शिक्षक बढुवा हुनेमा सहमति भएको सभापति अमरबहादुर थापाले जनाए । शिक्षकको कार्यसम्पादन मूल्यांकनको गणना गर्दा पछिल्लो पाँच वर्षको कार्यसम्पादन मूल्यांकन औसतमा ८० प्रतिशत बनाउने सहमति भएको छ । यसअघि उपसमितिले ९० अंक प्रस्ताव गर्दा शिक्षक महासंघले असन्तुष्टि जनाएको थियो । अहिलेसम्म कार्यसम्पादन मूल्यांकन र आन्तरिक प्रतियोगिताबाट मात्र शिक्षक बढुवा हुने व्यवस्था थियो ।

Photo-(36)-(2)-1754571987.jpg
 

प्रकाशित मिति: बिहीबार, साउन २२, २०८२  १९:१८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार