सुन प्रति तोलामा ७०० रुपैयाँ बढ्यो 

सोमबार, पुस १३, २०७७

काठमाडौं । स्थानीय बजारमा आज सुनको मूल्य प्रतितोला रु ७०० ले उकालो लागेको छ । शुक्रबार र आइतबार बढ्ने वा घट्ने नगरी तथष्ट रहेको सुनको मूल्यमा सोमबार एकै पटक वृद्धि भएको हो । 
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाला सुन आइतबार प्रतितोला ९४ हजार २०० रुपैयाँ रहेकामा सोमबार प्रतितोला ९४ हजार ९०० रुपैयाँ पुगेको छ ।  यस्तै तेजाबी सुन आइतबार प्रतितोला ९३ हजार ७०० रहेकामा सोमबार ७०० ले वृद्धि भई ९४ हजार ४०० रुपैयाँमा कारोवार भएको छ । त्यस्तै चाँदी आज प्रतितोला एक हजार ३१५ मा कारोवार भएको छ । चाँदी आइतबार रु एक हजार २८० मा कारोवार भएको थियो ।
 

प्रकाशित मिति: सोमबार, पुस १३, २०७७  २०:५३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार