Tihar Banner Tihar Banner
Tihar Banner Tihar Banner

संसद् नियमावलीमा महिला समन्वय समितिको गठन गर्न सांसद रेखा शर्माको माग

मंगलबार, साउन २०, २०८२

काठमाडौं । नेकपा (माओवादी केन्द्र) की सांसद रेखा शर्माले संसद् नियमावलीमा महिला समन्वय समितिको गठन गर्न आग्रह गरेकी छन् । आज बसेको प्रतिनिधि सभामा बोल्दै उनले सभामुखको क्षेत्र अधिकारभित्रको विषय भएको भन्दै छिटो महिला समन्वय समितिको गठन गर्नुपर्ने बताएकी हुन् ।  उनले भनिन्, ‘हामी संसद् नियमावलीमा महिला समन्वय समितिको गठन गर्ने विषय समावेश गर्यौ तर यति लामो समय वितिसक्दा पनि यो बनेन । यो सभामुखको क्षेत्र अधिकारभित्रको विषय हो । तसर्थ नियमावली कार्यन्वयन गर्नु गराउनु सभामुखको दायित्व हो यसलाई छिटो भन्दा छिटो महिला समन्वय समिति गठन गर्न सभामुखको ध्यानाकर्षण गराउन चाहान्छु ।’  उनले बहुविवाहलाई कानुनी मान्यता दिने विधेयक मस्यौदा भईरहेको विषयमा आपति जनाएकी छन् । विभिन्न आन्दोलनबाट प्राप्त उपलब्धिमाथि सरकारले प्रहार गरेको भन्दै यस्ता  प्रतिगामी विधेयक संसद्बाट नल्याउन समेत आग्रह गरिन् । ‘संविधान पद्दत महिला अधिकार र नेपाल पक्ष राष्ट्र भएर गरेका अन्र्तराष्ट्रिय संन्धि महासंन्धि विपरीत सरकारले देवानी सहिंता २०७४ को धारा १७५ लाई संशोधन गरि बहुविवाहलाई कानुनी मान्यता दिने विधेयक मस्यौदा भईरहेको विषय कानुन मन्त्रालयमा सचिवद्वारा सार्वजानिक भएको छ । जनयुद्ध, जनआन्दोलन र सबैखाले महिला आन्दोलनबाट प्राप्त उपलब्धिमाथि सरकारले जसरी प्रहार गर्दै छ । यो महान प्रतिगमन हो । यसप्रति घोर आपति गर्दछु । यसप्रकारको प्रतिगामी विधेयक संसद्बाट नल्याइयोस् भनी सभामुख मार्फत सम्पूर्ण मान्यजनहरुको ध्यानाकर्षण गर्दछु,’ उनले भनिन् । 

प्रकाशित मिति: मंगलबार, साउन २०, २०८२  २०:४४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार