आज संघीय संसद् अन्तर्गत दुई समितिको बैठक बस्दै

मंगलबार, साउन २०, २०८२
Global Ime Bank

काठमाडौं । आज संघीय संसद अन्तरगत दुई समितिको बैठक बस्ने भएको छ ।  मंगलबार प्रतिनिधि सभा अन्तरगत अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति र राष्ट्रिय सभा अन्तरगत विधायन व्यवस्थापन समितिको बैठक बस्न लागिएको हो । अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा नेपाल हवाई सेवा प्राधिकरण विधेयक, २०८१ माथि समितिमा दफावार छलफल प्रारम्भ गर्ने कार्यसूची रहेको छ भने बैठक १० बजे बस्नेगरि तय भएको छ ।  साथै, दिनको १ बजे बस्ने विधायन व्यवस्थापन समितिको बैठकमा भने जलस्रोत  विधेयक, २०८१ को मस्यौदा प्रतिवेदनउपर छलफल गर्ने कार्यसूची रहेको छ । 

प्रकाशित मिति: मंगलबार, साउन २०, २०८२  १०:२१
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार