सोसल मिडिया
Contact Us
युनिकोड
एजेन्सी । विश्वव्यापी व्यापारमा देखिएको तनाव र अस्थिर अमेरिकी करका बाबजुद दक्षिण कोरियाली जहाज उपकरण निर्माताहरूको नजर चिनियाँ बजारमा देखिएको छ । दक्षिण कोरियाली जहाज उपकरण निर्माताहरूले चिनियाँ बजारहरूमा आफ्नो उपस्थिति विस्तार गरिरहेका छन् । दक्षिण कोरियाको दोस्रो ठूलो शहर बुसान पनि एक महत्त्वपूर्ण जहाज निर्माण शहर हो जहाँ लगभग ६० प्रतिशत साना र मध्यम आकारका जहाज निर्माताहरू छन् । उनीहरु चीनमा आफ्नो व्यापार विस्तारमा क्रियाशील छन् । चीनमा आफ्नो प्रतिस्पर्धा बढाउन कम्पनीहरुले एलएनजी, तरल प्राकृतिक ग्यास बोक्न कार्गो ट्याङ्की पनि विकास गरिरहेको बताएका छन् । ‘चिनियाँ बजारमा पहुँच प्राप्त गर्नु भनेको विश्वव्यापी बजारमा पहुँच हो भन्ने कुरामा म पूर्ण रूपमा सहमत छु । हाल, चिनियाँ ग्राहकहरूसँग उत्पादन गुणस्तरको लागि धेरै आवश्यकताहरू छन्। हामी जस्ता कम्पनीहरूले लागत घटाउनु मात्र होइन, हाम्रो ब्रान्डको बजार पहिचान र प्रतिस्पर्धात्मकता बढाउनको लागि दोस्रो र तेस्रो पुस्ताका उत्पादनहरू पनि अपग्रेड गर्नुपर्छ,’ जहाज निर्माण कम्पनीका प्रवन्धक ली ग्युन–ह्युङले भने । कम्पनीले यस वर्षको पहिलो त्रैमासिकमा चीनमा १ करोड ७० लाख अमेरिकी डलर बराबरका उत्पादनहरू निर्यात गरेको छ ।-सीसीटीभीप्लस