सुख्खाग्रस्त मधेशमा बर्षा, कुन ठाउँमा कतिवर्षा ?

आइतबार, साउन १८, २०८२
Global Ime Bank

काठमाडौं । लामो समयदेखि पानी नपरेर सुख्खा भएको मधेशमा प्रदेशमा पछिल्लो २४ घण्टामा मध्ययमदेखि भारी वर्षा भएको छ । मध्ये मनसुनमै खडेरि परेपछि सरकारले नै मधेशलार्ई सुख्खा तथा संकटग्रस्त क्षेत्र घोषणा गरेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार पछिल्लो २४ घण्टामा सिराहाको हाइड्रो केन्द्रमा १०१.६, लहान केन्द्रमा ७७.२, गोलबजार केन्द्रमा ५२.८, मिलिमिटर वर्षा मापन गरिएको छ । महोत्तरीको गौशालामा ५८ मिलिमिटर वर्षा मापन गरिएको छ भने सर्लाहीको परवानीपुरमा ४८.४, धनुषाको हर्दिनाथमा ४७, तुलसी केन्द्रमा ४७.८, कल्यानपुरमा ४९.४, बरमझिया केन्द्रमा ९३, रुपनी बजार केन्द्रमा ८२ मिलिमिटर वर्षा भएको विभागले जानकारी दिएको छ । महाशाखाका अनुसार, आज राति देशभर साधारणतया बदली रहने छ भने  मधेश सहित कोशी, बागमती र गण्डकी प्रदेशलगायत बाँकी तराई भूभागका धेरै स्थान तथा पहाडी भूभागका केही स्थानमा चट्याङसहित मध्यम वर्षाको सम्भावना छ ।

प्रकाशित मिति: आइतबार, साउन १८, २०८२  ०८:५४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार