अमेरिकी राष्ट्रपति ट्रम्पविरुद्ध अभियोग लगाउने सल्लाहकार स्मिथमाथि छानविन सुरु

आइतबार, साउन १८, २०८२
Global Ime Bank

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध अभियोग लगाउन नेतृत्व गरेका पूर्वविशेष सल्लाहकार ज्याक स्मिथमाथि छानविन हुने भएको छ । पदबाट राजीनामा दिएका उनलाई अफिस अफ स्पेसल काउन्सिल (ओसिएस) ले छानविन अघि बढाउने भएको हो ।  ट्रम्पले कागजातको दुरुपयोग गरेको तथा सन् २०२० को निर्वाचनलाई प्रभावमा पार्न खोजेको आरोपमा छानविन गर्न स्मिथलाई सन् २०२२ मा विशेष सल्लाहकार चयन गरिएको थियो । सन् २०२४ को निर्वाचनलाई समेत प्रभावमा पार्न प्रयास गरेको आरोपसहित आरन्कासका रिपब्लिक सिनेटर टम कटनले ओसिएसलाई छानविन गर्न भनेपछि योक्रम सुरु भएको हो ।  यसअघि राष्ट्रपति ट्रम्पमाथि लगाइएको दुवै आरोप गलत भएको तथा राजनीतिक पूर्वाग्रहका कारण भएको दाबी गर्दै आसिएसले सम्मान गरेको हो ।

प्रकाशित मिति: आइतबार, साउन १८, २०८२  ०८:२८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार