बागमती प्रदेशका मुख्यमन्त्री लामाले आज राजीनामा दिने

आइतबार, साउन १८, २०८२
Global Ime Bank

काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले आज पदबाट राजीनामा दिने भएका छन् । लामाले आइतबार बिहान हेटौंडा पुगेर राजीनामा दिने भएका हुन् । मुख्यमन्त्री लामाले प्रस्तावअनुसार आफूले १४ साउनमा नियुक्त गरेका तीन जना मन्त्रीलाई सपथ गराउनु पर्ने र लामा पक्षसँगको सहमतिमा सरकार सञ्चालन गर्नुपर्ने प्रस्ताव गरेका थिए । उक्त प्रस्तावमा सहमति भएपछि उनी राजीनामा दिन तयार भएका हुन् । लामाले राजीनामा दिएसँगै बागमतीको नयाँ मुख्यमन्त्री इन्द्र बानियाँ हुनेछन् । 

प्रकाशित मिति: आइतबार, साउन १८, २०८२  ०८:१३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार