Chhath Banner Chhath Banner
Chhath Banner Chhath Banner

हुलाक टिकटले कला, संस्कृति, इतिहास र रैथाने परम्पराको संरक्षण गर्छ : मन्त्री गुरुङ

शुक्रबार, साउन १६, २०८२

काठमाडौँ ।  सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले यस वर्षदेखि हुलाक टिकट सञ्चार मन्त्रालय अन्र्तगत प्रकाशन गरिने बताएका छन् ।  हुलाक सेवा विभागले शुक्रबार प्रकाशन गरेको नयाँ  १४ वटा टिकटका आवरणमा टाँचा प्रदान गरेपछि मन्त्री गुरुङले हुलाक सेवा विभागले अहिलेसम्म जनक शिक्षा सामाग्रीद्धारा प्रकाशन गर्दै आएको भएपनि अब मन्त्रालयले नै छाप्ने तयारी भएको मन्त्री गुरुङले बताए ।  मन्त्री गुरुङका अनुसार बैंकको नोट बाहेक अरु आवश्यक राष्ट्रिय कागजातहरू मन्त्रालय अन्तर्गतको सुरक्षण मुद्रण केन्द्रले प्रकाशन गर्ने बताए । उनले कार्यक्रममा हुलाक टिकटमार्फत मुलुकको कला, संस्कृति, इतिहास र रैथाने परम्परा तथा बालिनाली संरक्षण गर्न जरुरी रहेको पनि बताए ।  विभागले ल्याएको नयाँ टिकटहरूमा नेपालका जात्राहरु अन्तरगत विस्केट, हाँडीगाउँ, गाईजात्रा, मन्दिरहरुमा बालकुमारी मन्दीर(ठेचो ललितपुर), सप्त देवल (दैलेख), कोटदेवी मन्दिर (चाँगुनारायण, भक्तपुर), भीमसेन मन्दिर (गोरखा), बैतेश्वर महादेव मन्दिर (दोलखा), नेपालका प्राचीन प्रस्तर मूर्ति अन्र्तगत भगवान विष्णु कौडेना सर्लाही र श्रीस्वस्थानीको प्रस्तर मुर्ति काठमाडौँ, त्यसैगरी, नेपालका शिक्षाविद्हरू अन्र्तगत ई.कुल रत्न तुलाधर, शंकरदेव पन्त, पं.ऋषिराम पन्थी गरी १४ वटा टिकट रहेका छन् । कार्यक्रममा विभागले प्रकाशनमा ल्याएको पुस्तक ‘नेपाल हुलाक टिकट (विं.स १९३५–२०८२) पनि लोकार्पण गरिएको छ । उक्त पुस्तकमा हुलाक घर नाम भएदेखि सुरु गरिएको वि.स. १९३५ देखि २०८२ सम्म प्रकाशन भएका हुलाकका टिकटहरूको विवरण उल्लेख छ ।  विभागका महानिर्देशक मनमाया भट्टराई पंगेनीले हुलाक मुलुकको इतिहास स्मरण गराउने एउटा सुन्दर दस्तावेज समेत बन्दै आएको जानकारी दिए । उनले देशविदेशमा प्रचार गर्ने र पर्यटन प्रवद्र्धनमा हुलाकको भूमिका प्रभावकारी बनाउन आफू प्रयत्नशील रहेको जानकारी दिए  ।

प्रकाशित मिति: शुक्रबार, साउन १६, २०८२  १७:३७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार