Chhath Banner Chhath Banner
Chhath Banner Chhath Banner

डायमन्ड बुद्धिस्ट सेन्टर यूकेको च्यारिटी डिनरमा सांगीतिक रमझम

शुक्रबार, साउन १६, २०८२

काठमाडौं । डायमन्ड बुद्धिस्ट सेन्टर यूकेले केन्टस्थित सेन्ट माईकल कम्युनिटी सेन्टर, वेलिङमा पाँचौँ च्यारिटी डिनर नाइटको आयोजना गरेको छ । संस्थाका अध्यक्ष चन्द्रप्रसाद गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रमको प्रमुख अतिथि संस्थाका मूलगुरु खेन रिम्पोछे शिरलामा गुरुङ रहेका थिए ।  गुरु खेन्पो नरेश गुरुङको अगुवाइमा उपासक तथा उपासिकाहरूले सामूहिक अष्टमंगल प्रार्थना वाचन गरी कार्यक्रमको विधिवत् सुरुवात गरेका थिए ।  साँझको विशेष आकर्षण स्वरूप राष्ट्रिय गायिका पवित्रा गुरुङले ‘जहाँ छन् बुद्धका आँखा’ गीतबाट सांगीतिक प्रस्तुति सुरु गरेकी थिइन् । त्यसपछि आमिरा श्रेष्ठ, फियना महर्जन, टिसा प्रजापति, मनिता श्रेष्ठ र श्रीषा प्रजापतिको कुमारी नृत्य, मिना गुरुङको फूलका आँखामा गीत, बन्दना चापागाईको मारुनी नृत्य, मेजर डा.सुदर्शन गुरुङको आधुनिक गीत र रिता–सुमी महर्जनको युगल नृत्यले कार्यक्रमलाई झनै रंगीन बनाएको थियो । गायिका पवित्रा गुरुङको प्रस्तुतीसँगै उपस्थित दर्शकहरू झुमेका थिए । लाटरी ड्रा र उत्कृष्ट सेवा पुर्‍याएका व्यक्तित्वहरूलाई सम्मान कार्यक्रममा समेत सहभागी गराइएको थियो । संस्थाले च्यारिटी डिनर नाइटमार्फत सामाजिक, धार्मिक तथा सांस्कृतिक चेतना फैलाउने उद्देश्य लिएको बताइएको छ । कार्यक्रममा प्रमुख अतिथि, अध्यक्ष चन्द्रप्रसाद गुरुङ, संस्थापक अध्यक्ष तथा संरक्षक सुमलकुमार गुरुङ, आमा प्रमुख सारादेवी गुरुङ, निवर्तमान अध्यक्ष यकगेश गुरुङ, प्रमुख सल्लाहकार राम गुरुङ तथा वरिष्ठ सल्लाहकार ओमप्रसाद गुरुङले दीप प्रज्वलन गरी वातावरणलाई आध्यात्मिक गरिमाले भरिपूर्ण बनाएका थिए ।

प्रकाशित मिति: शुक्रबार, साउन १६, २०८२  १६:४४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार