Tihar Banner Tihar Banner
Tihar Banner Tihar Banner
संघीय संसद् अन्तर्गत चार समितिको बैठक 

कृषि समितिको बैठकमा भूमि सम्बन्धी विधेयकबारे छलफल 

शुक्रबार, साउन १६, २०८२

काठमाडौं । संघीय संसद् अन्तर्गत आज चार वटा समितिको बैठक बसेका छ । प्रतिनिधि सभा अन्तर्गत कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति र राष्ट्रिय सभा अन्तर्गत संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समिति, विधायन व्यवस्थापन समिति गरी चार समितिको बैठक बसेको हो ।  कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिमा भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०८२ का सम्बन्धमा संघ तथा प्रदेशस्थित सरोकारवाला मन्त्रालय, नेपाल नगरपालिका संघ, गाउँपालिका राष्ट्रिय महासंघ नेपाल, भूमि, वन तथा कानून क्षेत्रका विज्ञ व्यक्तित्वहरूसँग छलफल भएको छ । बैठक दिनको १२ः३० बजेदेखि सुरु भएको हो ।  साथै, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा मिडिया काउन्सिल विधेयक, २०८० माथि दफावार छलफल भएको छ । यो विधेयकमा निरन्तर छलफल भइरहेको छ ।  यसैगरी, विधायन व्यवस्थापन समितिको बैठकमा जलस्रोत विधेयक, २०८१ माथि दफावार छलफल भएको छ । संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालय अन्तर्गतका राष्ट्रिय गौरवको आयोजनाहरुको कार्यान्वयन प्रगति अवस्था, समस्या, समस्या समाधानको लागि भएका प्रयास र समितिसँगको अपेक्षाको विषयमा छलफल भएको छ । 

प्रकाशित मिति: शुक्रबार, साउन १६, २०८२  १५:४२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार