पूर्वसहमति कार्यान्वयन नहुँदा बागमती प्रदेशमा समस्या आयो : प्रकाशमान सिंह

बिहीबार, साउन १५, २०८२
Global Ime Bank

काठमाडौं । उपप्रधानमन्त्री प्रकाशमान सिंहले बागमती प्रदेशमा संसदीय दलको नेता परिवर्तनको अवस्था आउनुको कारण पूर्वसहमति कार्यान्वयन नहुँदाको परिणाम भएको बताएका छन् । सहमति कार्यान्वयन नहुँदा दलका नेता परिवर्तनको अवस्था आएको औंल्याए । नेपाली कांग्रेस रामेछाप गुन्सी १ ले साउन १५ को खीर दिवसका अवसर पारेर आयोजना गरेको कार्यक्रममा उपप्रधानमन्त्री सिंहले भने, ‘पार्टी सञ्चालन गर्दा साथीभाईबीच भएको सहमतिलाई त सबैले पालना गर्नुपर्छ नी । विश्वासको संकट भयो भने पार्टी राम्रोसँग अगाडि बढ्न सक्दैन । सहमति भएपछि सोही अनुसार अगाडि बढेको भए यसरी बाहिर आउँदैनथ्यो भन्ने कुरा सबैले बुझ्नुपर्दथ्यो ।’ उनले नेपाली कांग्रेस समावेशी संविधान कांग्रेसकै नेतृत्वमा जारी भएको भन्दै कुने पदमा पुगेपछि सोही अनुसारको आचारण सिक्नुपर्ने भन्दै बागमती प्रदेशको निर्णय कुनै जात विशेषलाई हेरेर नभएको पनि प्रष्ट पारे ।  त्यस्तै उनले संसद्का दुई ठूला दल नेपाली कांग्रेस र नेकपा एमालेसहितका दलहरू मिलेर बन्दा भएको सात बुँदे सहमतिलाई कम आँक्न नहुने पनि बताए ।  ‘७ बुँदे सहमतिलाई कम नआँकौं । राजनीतिक स्थिरता ल्याउनका लागि दुई ठूला दल कांग्रेस र एमालेले अरु दललाई पनि समेटेर वर्तमान सरकार बनेको छ’, उनले भने, ‘७ महिनामा सरकार परिवर्तन भएको भयै थियो । नागरिकले सरकार त टिक्दैन भने सरकारले अरु के गर्छ ? भनेर प्रश्न गरिरहनुभएको थियो । अहिले सरकारले स्थिरता पाएको छ । राजनीतिक स्थिरताकै जगमा नागरिकको जीवन र जिविका सहज बनाउन सरकारले काम गरिररहेको छ ।’ सिंहले पार्टीलाई  व्यवस्थित गरेर लैजानुपर्नेमा पनि जोड दिए । २०५६ सालदेखिनै पार्टीलाई विधिसम्मत र संस्थागत गरेर जानुपर्छ भनेर आफूले भन्दै आएको स्मरण गराउँदै उनले अहिलेको चुनौति सामना गर्नका लागि कांग्रेसलाई व्यवस्थित गर्नुपर्ने बताए । कार्यक्रममा रामेछापका नेताहरूले पार्टीभित्र अराकजता बढेको भन्दै पार्टीलाई विधिसम्मत चलाउनका लागि केन्द्रीय नेतृत्वको ध्यानाकर्षण गराएका थिए ।

प्रकाशित मिति: बिहीबार, साउन १५, २०८२  २०:५९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार