सालको गोलिया काठ सहित स्कारपियो गाडी गस्ती टोलीको नियन्त्रणमा

बुधबार, साउन १४, २०८२
Global Ime Bank

रौतहट । रौतहट वनगस्ती टोलीले सालको गोलिया काठ सहित स्कारपियो गाडी नियन्त्रणमा लिएको छ ।  भारतीय नम्बर प्लेटको एम एच ०४ डि बि ६३५३ स्कारपियो गाडीमा लोड गरिएको अवस्थामा गस्ती टोलीले बरामद गरेको हो । डिभिजन वन कार्यालय, रौतहटका वन अधिकृत बिनोद जेठरा र जमदार उपेन्द्र यादव सहितको गस्ती टोलीले नियमित अनुगमनका क्रममा गएराती सो गाडीलाई नियन्त्रणमा लिएको छ ।  डिभिजन वन कार्यालय रौतहटका वन अधिकृत बिनोद जेठराका अनुसार कटहरिया नगरपालिका वडा नम्बर १ को  भसेढवा नजिकबाट सालको गोलिया काठ सहित स्कारपियो गाडी नियन्त्रणमा लिइएको हो । गुजरा नगरपालिकाको सिम्री बन क्षेत्रबाट सब डिभिजन बन कार्यालय जगलसैयाको सडक हुदै लैजादै गरेको अवस्थामा नियन्त्रणमा लिएको उनले जानकारी दिए । वनगस्ती टोलीलाई देख्न साथ गाडीका चालक भागेको उनले बताए । भारतीय नम्बर प्लेटको गाडीमा लोड गरिएको काठको स्रोत तथा कागजातबारे कुनै वैध प्रमाण नभएको उनले उल्लेख गरेका छन । चार थान गोलिया बरामद भएको र  काठ तस्करीमा संलग्न व्यक्तिहरूको खोजी कार्य भैरहेको डिभिजन वन कार्यालय रौतहटले जनाएको छ ।

प्रकाशित मिति: बुधबार, साउन १४, २०८२  १८:५५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार