ईन्द्रबहादुर बानियाँ बागमती कांग्रेस संसदीय दलको नेता निर्वाचित

बुधबार, साउन १४, २०८२
Global Ime Bank

हेटौंडा । बागमती प्रदेशमा नेपाली कांग्रेस संसदीय दलको नेतामा ईन्द्रबहादुर बानियाँ विजयी भएका छन् । बुधबार सम्पन्न मतदानमा बानियाँले २२ मत प्राप्त गर्दै निवर्तमान नेता एवं मुख्यमन्त्री बहादुर सिंह लामालाई पराजित गरेका हुन् । कुल ३७ जना प्रदेशसभा सदस्यले मतदानमा भाग लिएका थिए । तीमध्ये बानियाँले २२ मत प्राप्त गर्दा लामाले १४ मतमा सीमित भए । एक मत बदर भएको जनाइएको छ । दोस्रोपटक बानियाँ र लामाबीच संसदीय दलको नेताका लागि प्रतिस्पर्धा भएको हो । यसअघि भएको प्रतिस्पर्धामा लामा विजयी भएका थिए । उनले २१ मत प्राप्त गरेका थिए भने बानियाँले १६ मतमा चित्त बुझाएका थिए । संसदीय दलको नेतृत्वमा परिवर्तनसँगै बागमती प्रदेशको राजनीतिक समीकरण फेरिने संकेत देखिएको छ । मुख्यमन्त्री लामाविरुद्ध दर्ता भएको अविश्वास प्रस्ताव र दलको नेतामा भएको परिवर्तनले नयाँ सत्ता गठबन्धनको ढोका खुल्ने अनुमान विश्लेषकहरूले गरिरहेका छन् । 

लामाको उपस्थितिमा बानियाँले गरे पदभार ग्रहण
कांग्रेस बागमती प्रदेश संसदीय दलको नेतामा निर्वाचित भएसँगै बानियाँले कांग्रेस संसदीय दलको कार्यालयमा पुगेर पदभार ग्रहण गरेका छन् । नवनिर्वाचित दलका नेता बानियाँलाई निवर्तमान दलका नेता लामाले खादा, माला लगाएर पद हस्तान्तरण गर्दै पदभार ग्रहण गराएका थिए । २०७९ पुस १३ गते बानियाँलाई पराजित गर्दै लामा संसदीय दलको नेता चयन भइ प्रदेशको मुख्यमन्त्री बनेका थिए । आज सम्पन्न  दलको निर्वाचनमा बानियाँले लामालाई दलको नेतामा पराजित गर्दै नेतामा निर्वाचित भएका हुन् ।

Photo-(81)-1753876793.jpg
 

प्रकाशित मिति: बुधबार, साउन १४, २०८२  १७:४२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार