ल्हेन्दे खोलामा फेरि पनि बाढी, तल्लो तटिय क्षेत्रमा उच्च सर्तकता अपनाउन आग्रह

नुवाकोटमा त्रिशूलीको जलसतह ह्वात्तै बढ्यो
बुधबार, साउन १४, २०८२
Global Ime Bank

काठमाडौं । चीनको तिब्बत क्षेत्र हुँदै बगेर आउने ल्हेन्दे खोलामा फेरि पनि बाढी आएको छ । बुधबार राति साढे २ बजेदेखि बाढी आएकाले तल्लो तटिय क्षेत्रमा पर्ने रसुवा, नुवाकोट र धादिङ लगायत जिल्लाका नदी किनारका बासिन्दाहरूलाई उच्च सर्तकता अपनाउन आग्रह गरिएको छ । जिल्ला प्रशासन कार्यालय रसुवाका सहायक प्रमुख जिल्ला अधिकारी द्रुबप्रसाद अधिकारीले बाढीका कारण रसुवागढी–स्याफ्रुबेंसी सम्मको बाटो विभिन्न स्थानमा क्षती भएको जानकारी दिए । उनका अनुसार रसुवाको गोसाइँकुण्ड गाउँपालिकाको स्याँफ्रुबेंसी वडा नं ५ र उत्तरगया गाउँपालिकाका केही क्षेत्रहरू उच्च जोखिममा रहेकोले ती क्षेत्रहरूलाई हाइ अर्लटमा राखिएको छ । त्यसबाहेक तल्लो तटिय क्षेत्रमा पर्ने सबै स्थानहरूमा पनि सर्तकता अपनाउन भनिएको छ । बाढीले हाल सम्म मानविय क्षति गरेको कुनै खबर नभएको उनले बताए ।
रसुवागढी–स्याँफ्रुबेंसी सम्मको सड्क यसअघि असार २४ गतेको बाढीले बगाएर क्षति भए पनि विभिन्न स्थानमा मर्मत सम्भार भएको र अहिले फेरि बाटो भत्किएको छ । यसअघिको बाढीले नेपाल–चीन सिमानामा रहेको मितेरी पुल बगाएको थियो । सोही स्थानमा अस्थायी रुपमा निर्माण गर्न लागिएको बेली ब्रिज निर्माणको काम समेत आजको बाढीले अबरुद्ध गरेको छ ।

नुवाकोटमा त्रिशूलीको जलसतह ह्वात्तै बढ्यो
बुधबार बिहान तीन बजेदेखि रसुवाको भोटेकोसी नदीमा भीषण बाढी आएको छ ।  बाढीका कारण त्रिशूलीको जलसतह ह्वात्तै बढेको छ। रसुवा र नुवाकोटका स्थानीय प्रशासनले सतर्क रहन तटीय क्षेत्रका सर्वसाधारणलाई अनुरोध गरेका छन् । नुवाकोटका सहायक प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद हुमागाईका अनुसार बाढीले जिल्लाको पैरेबेँसी, वेत्रावती, त्रिशूली, देवीघाटलगायत स्थानमा कटान गरेको छ। 
बाढी बस्तीतर्फ पनि पस्ने सक्ने भएकाले सुरक्षित रहन प्रशासनले आग्रह गरेको हो। नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका जवानले ‘माइकिङ’ गरेर नदी आसपासमा भएका घरपरिवारका सदस्यलाई सुरक्षित स्थानमा बस्न अनुरोध गरिरहेका छन् । बाढीले नुवाकोटको किस्पाङ गाउँपालिका–५ स्थित ‘त्रिशूली–काठमाडौँ प्रसारण लाइन’को स्टेशनमा क्षति भएको छ।

प्रकाशित मिति: बुधबार, साउन १४, २०८२  ०९:५१
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार