सोसल मिडिया
Contact Us
युनिकोड
हेटौंडा । बागमती प्रदेशमा मुख्यमन्त्री बहादुरसिंह लामाले संसदीय दलको नेतामा आफू पुनः चयन हुने विश्वास व्यक्त गरेका छन् । हेटौंडामा सोमबार बसेको काङ्ग्रेस नेता एवम सांसदहरूबीचको छलफलमा उनले अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेका सांसदहरूले पुनः आफूलाई मत दिने विश्वास व्यक्त गरे । उनले भने, ‘भोट हाल्ने बेला त्यस्तो असहमति हुँदैन् । किनभने उहाँहरूलाई थाहा छ उहाँहरूको नेता कस्तो हुनुहुन्छ भनेर । माननीयहरूले आफ्नो विवेक प्रयोग गर्नु हुन्छ भन्ने कुरामा निश्चिन्त छु ।’ मुख्यमन्त्रीको दाबेदारका रुपमा देखिएका इन्द्रबहादुर वाँनिया पक्षका २१ सांसदले अविश्वासको प्रस्ताव दर्ता गराएका थिए । साथै चारजना मन्त्रीले राजीनामा दिएका थिए । त्यसपछि कांग्रेसभित्र रस्साकस्सी चलिरहेको छ । काङ्ग्रेस केन्द्रीय समितिले प्रतिनिधिका रुपमा पठाएका केन्द्रीय सदस्य राजन केसीले सांसदहरूलाई छलफलमा राखेर सहमति जुटाउने प्रयास गरिरहे पनि त्यो सफल हुन सकेको छैन । लामाविरुद्धको अविश्वासको प्रस्तावमाथि छलफल गर्न बैठकको तयारी गरिएको भएपनि सफल नभएको बुझिएको छ ।