संसदमा विचाराधीन विभिन्न विधेयकहरूप्रति ध्यानाकर्षण

सोमबार, साउन १२, २०८२
Global Ime Bank

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी) का नेताहरूबीच सोमबार सिंहदरबारस्थित माओवादी संसदीय दलको कार्यालयमा भेटवार्ता तथा छलफल भएको छ । बैठकमा दुवै पार्टीका नेताहरुले समाजवादी मोर्चाको भोलि हुने बैठकलाई कसरी सफल र उपलब्धिमूलक बनाउने भन्ने विषयमा केन्द्रित रहेर छलफल गरेका हुन् । नेकपा (एकीकृत समाजवादी) का उपाध्यक्ष प्रकाश ज्वालाले बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै संसदमा विचाराधीन विभिन्न विधेयकहरूप्रति गम्भीर ध्यानाकर्षण भएको जानकारी दिए । ‘सामुदायिक शिक्षा सम्बन्धी विधेयक अड्किएको छ, संघीय निजामति सेवा सम्बन्धी विधेयकमा षड्यन्त्र भएको छ,’ उपाध्यक्ष ज्वालाले भने, ‘निजामति विधेयक राष्ट्रिय सभामा पुगेपछि फेरि दयनीय अवस्थामा फर्काउने षड्यन्त्र भइरहेको छ ।’ उनले संसदमा दुवै पार्टीका सांसदहरुले सशक्त भूमिका निर्वाह गर्ने विषयमा समेत छलफल भएको बताए । ‘सरकारका क्रियाकलाप र देखिएका नकारात्मक प्रवृत्तिहरु विरुद्ध संसदमा कसरी प्रभावकारी ढंगले प्रस्तुत हुने भन्नेबारे पनि विस्तृत छलफल भयो,’ ज्वालाले भने । 

प्रकाशित मिति: सोमबार, साउन १२, २०८२  २१:१४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार