श्रम र श्रमिकको सम्मान नभए मुलुक अगाडि बढ्न सक्दैन : श्रममन्त्री भण्डारी

सोमबार, साउन १२, २०८२
Global Ime Bank

काठमाडौं । श्रममन्त्री शरतसिंह भण्डारीले मुलुक अगाडि बढ्न श्रम र श्रमिकको सम्मान हुनुपर्ने बताएका छन् ।  आइतबार काठमाडौंमा आयोजित कर्मयोगी बद्रीविक्रम थापाको १०३औं जन्म–स्मृति सभा तथा बद्रीविक्रम राष्ट्र गौरव पुरस्कार एवं सेवा पुरस्कार नेपाल समर्पण समारोहमा बोल्दै उनले श्रमको सम्मानले मुलुक अगाडि बढ्ने बताएका हुन् ।  उनले भने, ‘बद्रीविक्रम थापा स्मृति सेवा गुठिले केही नयाँ गरिरहेका छ । श्रम पुरस्कारका बारेमा हामीले कुरा गरेका छौ । श्रम र श्रमिकको जबसम्म सम्मान हुँदैन । त्यो मुलुक अगाडि बढ्न सक्दैन ।’ उनले आफू बच्चा हुँदादेखी चिया खाने गरेको पसललाई सम्मान गर्न पाएकोमा खुसि लागेको भन्दै श्रमलाई सम्मान गर्ने कामलाई निरन्तरण गर्न आग्रह समेत गरे । 

प्रकाशित मिति: सोमबार, साउन १२, २०८२  १४:४७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार