नेपालमा नै बसेर राम्रो शिक्षा प्राप्त गर्ने प्रशस्त सम्भावनाहरु छन् : प्रकाशमान सिंह

शनिबार, असार २८, २०८२
डिस होम विज्ञापन
Global Ime Bank

काठमाडौं । सहरी विकास मन्त्री प्रकाशमान सिंहले नेपालमा नै बसेर राम्रो शिक्षा प्राप्त गर्ने प्रशस्त सम्भावनाहरु रहेको बताएका छन् । शनिबार काठमाडौंमा आयोजित एसईई सम्मान कार्यक्रममा बोल्दै उनले देशमा भएको अवसरलाई सदुपयोग नगरेर केही भएको छैन् भन्ने कुराको पछि दौडिने प्रवृत्ति बढेको भन्दै नेपालमा नै प्रशस्त सम्भावनाहरु रहेको बताए । उनले भने, ‘नेपालमा नै बसेर राम्रो शिक्षा प्रप्त गर्ने अवसर छ । यसको सदुपयोग गर्नुपर्छ ।  हामीसँग भएको अवसरलाई सदुपयोग गर्न जान्नु पर्छ । भएको कुरा केही होईन र हुदैँ नभएको कुराको पछि पछि दौडिएर हामीले के पाउने । नेपालमा प्रशस्त सम्भावनाहरु छन् ।’ यस्तै, उनले नेपाललाई विकास निर्माणको पदमा अगाडि लगाउने काम सबैको भएको भन्दै केही हुदैँन् भन्ने गलत भाष्यलाई सबैले गलत साबित गर्नुपर्ने बताए ।  उनले भने, ‘अहिले नेपालमा केही हुदैँन्, भन्ने भ्रम फैलाउने दुस्प्रयास भईरहेको छ । तर तपाई हामीले हो नेपाल बनाउने, नेपाललाई विकास निर्माणको पदमा अगाडि लगाउने, सुरुमै निराश भएर केही हुदैँन् भन्ने गलत भाष्य निर्माण भईरहेको छ । यसलाई पनि सबैले गलत साबित गर्नुपर्छ ।’ उनले सबै विद्यार्थीहरुलाई मेहेनतका साथ अगाढि बढ्न पनि आग्रह गरेका छन् ।  

प्रकाशित मिति: शनिबार, असार २८, २०८२  ११:४५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार