सोसल मिडिया
Contact Us
युनिकोड
टोकियो। जापानको कान्साई अन्तर्राष्ट्रिय विमानस्थलको नयाँ तस्वीर डरलाग्दो छ। यो विमानस्थल समुन्द्रमा डुब्दैछ । ओसाका खाडीको कृत्रिम टापुमा बनेको यो विमानस्थललाई इन्जिनियरिङको चमत्कार मानिन्छ तर यो डुब्दैँछ । यो बिमानस्थलले जापानको लागि प्रमुख उड्डयन केन्द्रको रूपमा काम गर्दछ। तथ्याङ्कअनुसार यस विमानस्थलमा २५ देशका ९१ सहरबाट उडानहरू नियमित आउने गरेका छन्, जसबाट वार्षिक ३ करोडभन्दा बढी यात्रु आवतजावत गर्छन्। कन्साई एयरपोर्टलाई एसियाको सबैभन्दा व्यस्त एयरपोर्ट मानिन्छ तर अहिले यो बिस्तारै समुद्रमा डुब्न थालेको छ । साउथ चाइना मर्निङ पोस्टको रिपोर्टले यो टापु स्थापना भएदेखि करिब १२ फिट डुबेको दाबी गरेको छ। यस टापुमा पछि अर्को टापु थपिएको थियो, जुन अहिलेसम्म ५७ फिट डुबिसकेको छ । यस्तो अवस्थामा जापान सरकार पनि डराएको छ । कान्साई विमानस्थलको जापान सरकारले नजिकबाट अनुगमन गरिरहेको एक वर्षमा विभिन्न ५४ बिन्दुमा अवलोकन गर्दा २१ सेन्टिमिटरभन्दा बढी डुबेको खुलासा भएको थियो । यो विमानस्थल डुब्ने हो भने भविष्यमा यातायातमा ठूलो समस्या आउन सक्ने जापानको चिन्ता छ । हाल यो विमानस्थल अझै सञ्चालनमा छ र इन्जिनियरहरूले यस टापुको डुब्ने गतिलाई सुस्त बनाउन निरन्तर प्रयास गरिरहेका छन्।जापानको ओसाका क्षेत्रमा जग्गाको अभाव छ, यहाँ ठूलो संख्यामा मानिसहरुको बसोबास छ, त्यसैले कान्साई विमानस्थल निर्माण गर्न जापानले समुद्र भित्र ५ किलोमिटर क्षेत्रफलको कृतिम टापु बनाएको थियो । यसमा २० मिटर गहिरो माटोमा फाउण्डेसन तयार गरी २० करोड घनमिटरभन्दा बढी माटोमा राखिएको छ । तर, टापुमा लगातार बढ्दो तौलका कारण माटोको भासिदैँ गएको छ । तर, मेइजी विश्वविद्यालयका सहरी योजनाका प्राध्यापक हिरो इचिकावाले यो प्रतिवर्ष १० सेन्टिमिटरभन्दा कमको दरले डुबिरहेको तर यसलाई नियन्त्रण गर्न सकिने बताएका छन् । विमानस्थललाई डुब्नबाट जोगाउन इन्जिनियरहरूको टोली निरन्तर लागिरहेको छ । द नेशनल थाइल्यान्डको भर्खरै प्रकाशित प्रतिवेदनअनुसार डुब्न दर घटने क्रम भने जारी रहेको छ, यस्तो अवस्थामा विमानस्थलको पूर्वाधार सुदृढ गर्न १५ करोड अमेरिकन डलर भन्दा बढी लगानी भइसकेको छ । जसका कारण आपतकालीन प्रतिकार्य केन्द्र र अन्य प्रमुख उपकरण बाढीको सतहभन्दा माथि उठाइएको छ । यो टापुलाई समुद्रमा डुब्नबाट रोक्न असम्भव छ तर यसलाई सुरक्षित सीमा भित्र प्रयोग गर्न सकिन्छ भन्ने विश्वास गरेर जापना सरकारले काम गरिरहेको छ ।